काठमाडौं । गैरआवासीय नेपाली संघले ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । संघको ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले प्रतिष्ठित प्राध्यापक तथा विज्ञहरुसहित ५१ सदस्यीय समिति गठन गरेको हो ।
संघका अनुसार अमेरिका र क्यानडा (अमेरिका क्षेत्र)बाट सल्लाहकारमा चिरञ्जीवी घिमिरे, डा. द्रोण रसाली, डा. लक्ष्मी पाठक र डा. मनिका प्रधान चयन हुनुका साथै इभान शर्मा र लक्ष्मण अधिकारी आईसीसी सदस्य बनेका छन् । यस्तै बेलायतबाट अक्सफोर्ड विश्वविद्यालयका प्रख्यात मानवशास्त्री प्रोफेसर डेभिड गेल्नर, प्राध्यापन र जनस्वास्थ्य क्षेत्रका विज्ञ प्रा. पदम सिम्खडा तथा बीबीसीका पूर्वपत्रकार भगीरथ योगी समेटिएका छन् । यसैगरी पूर्वपदाधिकारी तथा अगुवाका रूपमा एनआरएनए बेलायतकी पूर्व अध्यक्ष पुनम गुरुङ र अभियान्ता लक्ष्य गुरुङलाई पनि सल्लाहकार मनोनीत गरिएको छ । आईसीसी सदस्यका रूपमा महिला तथा दोस्रो पुस्ता कोटाबाट कल्पना त्रिपाठी, गौरव राज केसी र जागृत पौडेल चयन भएका छन् भने चिकित्सा क्षेत्रबाट विज्ञ सदस्यका रूपमा डा. सुनील साह तथा सदस्यहरूमा राजन खकुरेल र राम चन्द्र गुरुङलाई मनोनीत गरिएको हो ।
अष्ट्रेलिया र न्यूजिल्याण्ड (ओशनिया क्षेत्र)बाट भवानी ओली, विनोद श्रेष्ठ, इन्द्रा वन, होम पाण्डे, सुरेन्द्र सिग्देल, डा. जगदिश तिम्सिना, डा. पुरु श्रेष्ठ र डा. राजु अधिकारी समेटिएका छन् भने आईसीसी सदस्यहरूमा दिवा जोशी, करुणा रावत, प्रा. कृष्ण श्रेष्ठ, इञ्जिनियर राजु उपाध्याय, दीपक भुसाल, केशव जोशी र मिक्की सुवेदी छन् । युरोपबाट हरिहर अर्याल र डा. गिरीश कँडेल सल्लाहकार बनेका छन् । एसिया प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूबाट रोशन केसी, डा. सरोज कँडेल , सुदन थापा, डा. कमल लामिछाने र डा. राम गिरी सल्लाहकार मनोनीत भएका छन् । थाइल्याण्डबाट प्रा. भारती लिम्बुनी सल्लाहकार र कुमार कार्की आईसीसी सदस्य बनेका छन् । हङकङबाट कृष्ण पाण्डे र अरुणा गुरुङ, म्यानमारबाट देवेन्द्र नौलखा र सिंगापुरबाट अर्थविद् डा. अंगराज तिमिल्सिना सल्लाहकार बनेका छन् । मध्यपूर्व, अफ्रिका र अन्य देशहरूबाट पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ । साउदी अरबबाट यास्मिन बेगम, रूसबाट एक नारायण चापागाईं र उत्सव अमात्य, सेशेल्सबाट आरपी पन्त र नेपालबाट उद्योगपति राजेन्द्र खेतान र डा. दिनेश पौडेललाई सल्लाहकारमा मनोनित भएका छन् ।