काठमाडौं, दराज नेपालले ‘द बिग बोस इज ब्याक’ भन्ने मूल नारासहित दराज ११.११ ‘वर्षकै सबैभन्दा ठूलो सेल’ ल्याउन लागेको छ ।
कम्पनीले तिहार र छठको उल्लासमय तयारीमा जुटिरहेका बेला चाडवर्पलाई अझ विशेष बनाउन ठुलो सेल मेला संचालन गर्न लागेको हो । कम्पनीका अनुसार नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर ११ सम्म (कार्तिक १५ देखि २५, २०८३) सञ्चालन हुने यस अभियानले देशभरका उपभोक्तालाई उत्सवमय अनलाइन किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्नेछ । यसअन्तर्गत ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर, विभिन्न सामग्री तथा श्रेणीमा निःशुल्क डेलिभरी र थाइल्यान्ड भ्रमण जित्ने अवसरसहितका रोमाञ्चक उपहार उपलब्ध हुनेछन् ।
‘तिहार घरलाई नयाँ रूप दिनेदेखि चाडपर्वका लागि उपयुक्त पहिरन छनोट गर्ने र दाजुभाइ, दिदीबहिनी, परिवार तथा साथीभाइका लागि उपहार किन्ने समय पनि हो’, कम्पनीले भनेको छ, ‘तिहारमा उज्यालो, सम्बन्ध र समृद्धिको उत्सव मनाइन्छ भने छठमा आस्था, भक्ति र परम्परालाई विशेष महत्त्व दिइन्छ ।’ यी पर्वको तयारीमा उपभोक्तालाई सहजता प्रदान गर्दै खर्चको अधिकतम सदुपयोग गर्न सघाउने उद्देश्यले दराज ११.११ ले अग्रणी ब्रान्ड, आकर्षक छुट र अनलाइन किनमेलको सुविधालाई एकै ठाउँमा ल्याएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार अभियानभर विभिन्न सामग्री, श्रेणी र साझेदार ब्रान्डका सीमित समयका विशेष अफरहरू दैनिक फ्ल्यास सेलमार्फत उपलब्ध हुनेछन् । दराजका प्लाटिनम साझेदारहरू रोह्टो, होनासा, मसलब्लेज, एन्कर, अल्टिमा लाइफस्टाइल, पिलग्रिम, पीसेफ र लभफेस ब्युटीले ७० प्रतिशतसम्मको छुट प्रदान गर्नेछन् ।
त्यसैगरी, गोल्ड साझेदारहरू ब्रान्डहाउस, प्याम्पर्स, वेदान्त र युनिलिभरले पनि ७० प्रतिशतसम्मको छुट ल्याउने कम्पनीले जनाएको छ ।
सिल्भर साझेदारहरू फ्यान्टेक, एम्परस्यान्ड, ब्रान्डहाउस फेसन, अस्टावुल्फ, माटो नेपाल, जेबीएल र गोल्डस्टारले भने ८० प्रतिशतसम्मको छुट उपलब्ध गराउनेछन् । उपभोक्तालाई आफ्ना मनपर्ने सामग्री तथा ब्रान्डका आकर्षक अफर खोज्न थप अवसर प्रदान गर्न अभियानमा विभिन्न विशेष किनमेल कार्यक्रमसमेत समावेश गरिएका छन् । यसको सुरुवात नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर २ बिहान २ बजेसम्म सञ्चालन हुने क्रस क्याटेगोरी ब्रान्ड रश आवरबाट हुनेछ, यसमा विभिन्न श्रेणीका विशेष अफर उपलब्ध हुनेछन् । त्यसपछि नोभेम्बर २ बिहान ११ बजेदेखि क्रेजी प्राइस ड्रप सुरु हुनेछ, जहाँ विशेष रूपमा छनोट गरिएका सामग्री आकर्षक मूल्यमा खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।
नोभेम्बर ३ देखि ८ सम्म उपभोक्ताले हरेक दिन राति ८ बजेदेखि मध्यरातसम्म फरक–फरक विषयमा आधारित ब्रान्ड रश आवरको आनन्द लिन सक्नेछन् । यसअन्तर्गत नोभेम्बर ३ मा इलेक्ट्रोनिक्स ट्युजडे, नोभेम्बर ४ मा लाइफस्टाइल वेन्सडे, नोभेम्बर ५ मा एफएमसीजी थर्सडे, नोभेम्बर ६ मा दराज च्वाइस फ्राइडे, नोभेम्बर ७ मा फेसन स्याटरडे र नोभेम्बर ८ मा न्यू अराइभल्स सन्डे सञ्चालन हुने कम्पनीले जनाएको छ ।