काठमाडौं, माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आफ्ना उत्पादनको दायरा विस्तार गर्दै दुई नयाँ प्रिमियम ब्रान्ड सार्वजनिक गरेको छ । कम्पनीले ‘माउन्ट गोल्ड २५ यूपी प्रिमियम ह्विस्की’ र ‘ब्ल्याक पर्ल ३० यूपी प्रिमियम भोड्का’ बजारमा ल्याएको हो ।
नेपाली पहिचान र प्रिमियम जीवनशैलीलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको माउन्ट गोल्डको ब्रान्ड स्लोगन ‘गोल्डेन लाइट, इन्डलेस नेपाल’ रहेको छ । यो ह्विस्की ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलमा क्रमशः तीन हजार, एक हजार पाँच सय र सात सय ५० रुपैयाँको अधिकतम खुद्रा मूल्य (एमआरपी)मा उपलब्ध हुनेछ । त्यसैगरी, आधुनिक प्रिमियम भोड्का बजारलाई लक्षित गर्दै ब्ल्याक पर्ल सार्वजनिक गरिएको हो । यसको ब्रान्ड स्लोगन ‘द पिक अफ पिओरिटी’ रहेको छ । यो भोड्का पनि ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलमा क्रमशः दुई हजार चार सय, एक हजार दुई सय र छ सय रुपैयाँको अधिकतम खुद्रा मूल्य (एमआरपी)मा उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार, दशैंको पर्वलाई लक्षित गर्दै काठमाडौं र पोखरासहित प्रमुख सहरका छनौट गरिएका बजारहरूमा यी दुवै ब्रान्डको उपलब्ध गराइनेछ । यी दुई नयाँ ब्रान्डको सार्वजनिकीकरणले कम्पनीको प्रिमियम उत्पादन पोर्टफोलियो विस्तार गर्ने रणनीतिलाई थप सुदृढ बनाएको कम्पनीको भनाइ छ । आगामी दिनहरूमा पनि आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्दै जाने कम्पनीले जनाएको छ ।