काठमाडौं, सामसङको घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने भएको छ । एनसेलसँगको सहकार्यमा सामसङ नेपालले उक्त सुविधा ल्याएको हो । यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरणहरूको खरिदमा एनसेलका ग्राहकले अतिरिक्त छुट समेत पाउने भएका छन् ।
नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म आफ्नो खर्च बचत गर्न सक्नेछन् । ग्राहकले प्राप्त गर्ने अतिरिक्त छुट ५ प्रतिशत, ८ प्रतिशत वा १२ प्रतिशत उनीहरूले लिएको प्याक वा रेन्टल प्याकमा निर्भर हुन्छ ।
एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा उक्त सहकार्यलाई औपचारिक रूप दिइएको छ । यो अफर कार्तिक ३० सम्म लागू हुने कम्पनीले जनाएको छ । यस अवधिमा दशैँ, तिहार र छठलगायतका प्रमुख चाडपर्व रहेका छन् । ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गरी नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रहरूमा गई यो सुविधा लिन सक्नेछन् ।
यस सहकार्यले एनसेलको देशव्यापी ग्राहक पहुँच तथा डिजिटल प्लेटफर्मलाई सामसङका उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन र आधिकारिक बिक्री सञ्जालसँग जोडेको छ । यसले ग्राहक तथा उपभोक्ता अनुभवलाई थप सहज तथा लाभदायी बनाउने उद्देश्य राखेको कम्पनीको भनाइ छ । यो अतिरिक्त छुट प्राप्त गर्न योग्य ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गई आफ्नो योग्यता जाँच गर्नुपर्नेछ । त्यसपश्चात्, नेपालभरिका रहेका कुनै पनि सामसङका आधिकारिक बिक्री केन्द्रमध्ये आफूलाई पायक पर्ने केन्द्रमा गई छुट लिन सकिने कम्पनीले जनाएको छ ।