काठमाडौं, शेयर बजार परिसुचक नेप्से झिनो अंकले उकालो लागेको छ । अघिल्लो दिन छ दशमलव ३२ अंकले उकालो लागेको नेप्से परिसुचक आज बुधबार एक दशमलव ४० अंकले उकालो लागेर २६ सय ६५ दशमलव ५३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज दुई दशमलव ६९ अंकले ओरालो लागेर चार सय ८० दशमलव ५१ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३८ वटा कम्पनीहरुको ५९ हजार एक सय ८५ पटकको कारोबारमा दुई करोड १२ लाख २३ हजार चार सय १४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम सात अर्ब ४३ करोड ९३ लाख ६६ हजार ४९ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जीवन बीमा, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र लघुवित्त उपससमुहको सुचक ओरालो लागेका छन् ।