विराटनगर, गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी विध्वंशपछि नेपालमा आर्थिक मन्दी लागेको उद्योगी व्यवसायीहरुले बताउने गरेका छन् । तर केही केही उद्योगी व्यवसायीहरुको भने आर्थिक मन्दीमा पनि कमाउ धन्दा चलेको छ ।
विराटनगरमा सुपारीको ट्रेडिङ कारोबार गर्ने केही व्यवसायीहरुले उद्योगका लागि कच्चा पदार्थको नाममा आयात गरेको सुपारी धमाधाम बिक्री गर्न थालेका छन् । कच्चा पदार्थको लागि आयात गरिएको सुपारी बिक्री गर्न थालेको घट्ना बाहिरीएपछि सकारको निगरानीसमेत बढाएको छ । तर पनि उनीहरुको कारोबारमा कुनै कमी नभएको यहाँका व्यवसायीहरु बताउँछन् । पछिल्लो समय सुपारीको नामबाट कारोबार गर्ने उद्योगीहरु राजस्व छली प्रकरणमा तानिन थालेका छन् । केही उद्योगीले भने नाममात्रैको उद्योग संचालन गरेर सुपारीको कारोबार गर्ने गरेका छन् । केही उद्योगीले उद्योगका नाममा आयात गरेको सुपारी सिधै ट्रेडिङ फर्मको नाममा भ्याट विल जारी गर्दै आयात भएको कन्टेनरबाट सुपारी अनलोड गरी अन्य ढुवानीको गाडी प्रयोग गरेर सुपारी बिक्री गर्न थालेका छन् ।
लामो समय मौन रहेको सुपारीको कारोबार पछिल्लो समय बजारमा एक्कासी करोडौँको कारोबारमा पुगेको छ । विशेष गरी बजारमा सुपाडी कारोबारीको हिसाब मिलाउने विषयमा सुपारीका देखावटी उद्योगि निक्कै पोक्त रहेको छन् । गत वर्ष त्यस्ता देखावटी उद्योग संचालन गर्ने उद्योगिले उद्योग मन्त्रालयको सिफारिसमा आयात गरेको करिब ५० हजार टन सुपारीको कोटामध्ये केही कोटा बिक्री गरी हिसाब मिलान गरेका थिए ।
उक्त कोटाको सुपारी मिलान गर्न पनि उद्योगीहरुले उद्योग विभाग र वाणिज्य विभागबाट बेला बेला हुने अनुगमनमा कुरा मिलाएर सुपारी बिक्री वितरण गर्दै आएका छन् । उद्योगीले उद्योगका नाममा आयात भएको राम्रो सुपारी दोब्बर मुल्यमा सुपारी कारोबारीलाई नै बिक्री गर्ने गरेका छन् । पछिल्लो समय कोशी प्रदेशको विराटनगर, इलाम, झापा हुँदै मोरङका विभीन्न ठाउँमा सुपारी उद्योगको अनुगमन गर्न आइपुगेको उद्योग विभागको अनुगमन टोलीले दशै खर्च लिएर फर्केको चर्चा सुरु भएको छ ।