काठमाडौं, स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो भी८० सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, जाइस पोट्र्रेट क्यामेरा, ७,२०० एमएएच् क्षमताको ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्यासचार्ज प्रविधि र एआई–आधारित स्मार्ट सुविधालाई प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ ।
कम्पनीका अनुसार भिभो भी८० लाई व्यवसायी, वरिष्ठ पेशाकर्मी तथा आधुनिक जीवनशैली अपनाउने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको हो । ‘प्रेमियम डिजाईन्ड फर योर राईज’ अवधारणामा आधारित भिभो भी८० ले प्रिमियम डिजाइन, उन्नत मोबाइल फोटोग्राफी र दैनिक उत्पादकत्वलाई एउटै डिभाइसमा संयोजन गर्ने प्रयास गरेको कम्पनीले जनाएको छ । नेपालमा भिभो भी८० को मूल्य १ लाख ८ हजार ९९९ रुपैयाँदेखि सुरु हुनेछ । भिभो भी८० को प्रि–बुकिङ नोभेम्बर १ देखि नोभेम्बर ४ सम्म खुला गरिएको छ । कम्पनीका अनुसार यस अवधिमा प्रि–बुक गर्ने पहिलो १ हजार २ सय रुपैयाँ ग्राहकले भिभो बड्स निःशुल्क, २ हजार रुपैयाँ क्यासब्याक, अगाडि तथा पछाडिको फ्रन्ट र ब्याक स्क्रिन ब्रेकेज इन्स्योरेन्स र ६ महिनाको एक्सटेन्डेड व्यारेन्टि प्राप्त गर्नेछन् ।
भिभो भी८० को डिजाइन प्रिमियम ग्लासको एकीकृत संरचनामा आधारित छ । पछाडिको सुरक्षात्मक आवरणदेखि यसको विशेष फ्लोटिङ्ग क्यामेरा मोड्युलसम्म एउटै निरन्तर थ्री–डाइमेन्सनल संरचनाले स्मार्टफोनलाई परिष्कृत स्वरूप प्रदान गर्ने कम्पनीले जनाएको छ । १२.५ एमएमको ठूलो रेडियस भएका गोलाकार कुनाहरू सहितको फ्ल्याट फ्रेमले स्मार्टफोन समात्दा सहज र सुरक्षित अनुभव प्रदान गर्नेछ । फ्ल्यागशिप स्तरका सुविधाहरू समेटिए पनि भी८०को ७.६९ एमएम पातलो रहेको छ, यसलाई खल्ती, ब्लेजर वा प्रोफेसनल पोर्टफोलियोमा राख्न सहज सहज हुने कम्पनीले जनाएको छ । भिभो भी८० मा आईपी६८ र आईपी६९ डस्ट तथा वाटर रेसिस्टेन्स उपलब्ध छ । भिभो भी८० दुई आकर्षक कलर फिनिसमा उपलब्ध हुनेछ । राईज अरेन्जमा न्यानो सुन्तला–खैरो रंगसँगै उत्कृष्ट एजी म्याट टेक्स्चर प्रयोग गरिएको छ । त्यस्तै, प्राईम ग्रेले सुसंस्कृत र संयमित स्वरूप प्रदान गर्छ, जुन व्यावसायिक तथा प्रिमियम शैली रुचाउने प्रयोगकर्ताका लागि लक्षित छ ।
भिभो भी८० को क्यामेरा प्रणाली ‘जाइस पोट्र्रेट, क्याप्चर योर राईज’ अवधारणामा आधारित छ । स्मार्टफोनमा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो रहेको छ, जसले ८५ एमएम र १०० एमएमका क्लासिक पोट्र्रेट फोकल लेन्थ सपोर्ट गर्ने जनाईएको छ । त्यस्तै, ५० मेगापिक्सेल जाइस ग्रुप सेल्फी क्यामेराले समूहमा धेरै व्यक्तिको तस्बिर खिच्न सहज बनाउँछ । भिभो भी८० का अगाडि र पछाडिका दुवै क्यामेराले ४के ६० फ्रेम प्रति सेकेन्ड भिडियो रेकर्डिङ सपोर्ट गर्छन् । यसले व्यक्तिगत क्षणदेखि लाइभ इभेन्ट तथा व्यावसायिक समारोहसम्म उच्च गुणस्तरीय भिडियो खिच्न सहज बनाउँछ । यसका अतिरिक्त, ए आई कृएटिभ क्यामेरालले स्मार्टफोनमै स्टुडियो–स्तरको प्रकाश प्रभाव प्रयोग गर्ने सुविधा प्रदान गर्ने कप्पनीको भनाई छ । प्रयोगकर्ताले रातिको कर्पोरेट डिनरमा नाटकीय कन्टुरिङ प्रभावका लागि टप लाईटिई्ग प्रयोग गर्न सक्नेछन् भने आउटडोर लन्च इभेन्टजस्ता अवसरमा फाएरवोक्र्स एफ्कट प्रयोग गरी साधारण तस्बिरलाई थप आकर्षक र स्मरणीय बनाउन सक्नेछन् ।
फोटोग्राफीबाहेक भिभो भी८० लाई दैनिक कामकाज र उत्पादकत्वका लागि पनि उत्तिकै उपयोगी बनाइएको छ । ओरिजिन ओएस ७ मा सञ्चालन हुने भिभो भी८० मा व्यस्त पेशाकर्मीको कार्यसम्पादनलाई सहज बनाउन विभिन्न ए आई आधारित सुविधा समावेश गरिएको छ । त्यसमध्ये क्याप्चर टु नोटले ह्वाइटबोर्ड, प्रस्तुतीकरण स्लाइड वा अन्य लिखित सामग्रीको फोटो खिचेर त्यसमा भएका सामग्रीलाई डिजिटल नोटमा रूपान्तरण गर्न सहयोग गर्छ । त्यस्तै, ए आई रेकर्डरले भ्वाइस रेकर्डिङलाई रियल–टाइममा ट्रान्सक्राइब गर्न सहयोग गर्नेछ ।
भिभो भी८० मा उच्च क्षमताको ७,२०० एमएएच् क्षमताको ब्लुभोल्ट ब्याट्री रहेको छ । ब्याट्री रिचार्ज गर्नुपर्ने अवस्थामा ९० वाट फ्ल्यासचार्ज प्रविधिले छोटो समयमै पर्याप्त ऊर्जा उपलब्ध गराउने कम्पनीको दाबी छ । भी८० मा ६ बर्षे स्मुथ एक्स्पेरिएन्स तथा ६ बर्षको एक्सटेन्डेड सिक्युरिटी अपडेड उपलब्ध छन् । भिभो भी८० मा १.५के अल्ट्रा क्लियर ओएलईडी डिस्प्ले र १४४ हर्ज रिफ्रेस रेट रहेको छ, जसले स्मूथ भिजुअल र स्पष्ट डिस्प्ले अनुभव प्रदान गर्छ । डकुमेन्ट तथा प्रीजेन्टेसन हेर्ने, वेब ब्राउजिङ गर्ने, सामाजिक सञ्जाल चलाउनेदेखि मल्टिमिडिया कन्टेन्ट हेर्ने सम्मका गतिविधिका लागि यो डिस्प्ले उपयुक्त छ । सुरक्षाका लागि भी८० मा थ्री डि उल्ट्रासोनिक फिङ्गरपृन्ट सेन्सर उपलब्ध रहेको छ । फ्ल्यागशिप स्मार्टफोन भिभो भी८० नेपालमा २ आकर्षक कलर राईज अरेन्ज र प्राईम ग्रेमा उपलब्ध हुनेछ । यो स्मार्टफोन दराज अनलाइन तथा नेपालभरका भिभोका आधिकारिक फिजिकल रिटेल आउटलेटहरूबाट नोभेम्बर ५ बाट खरिद गर्न सकिनेछ । यसको मुल्य ८÷२५६ जीबीको १ लाख ८ हजार ९९९ रुपैयाँ र ८÷५१२ जीबीको मुल्य १ लाख ३३ हजार ९९९ रुपैयाँ रहेको छ । भिभो भी८० लाई १२ महिनाको शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामा पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।