काठमाडौं, काठमाडौं महानगरपालिका–७ चावहिलस्थित समाज गेस्ट हाउसबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय १४ एम्पुल, फेनारगन १ सय १३ एम्पुल, नोर्फिन १ सय १३ एम्पुल र नगद २५ हजार रूपैयाँसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–१ घर भएका ३१ वर्षीय राजिव श्रेष्ठ, भक्तपुर सूर्यविनायक बस्ने काभ्रे धुलिखेल नगरपालिका–८ घर भएका २१ वर्षीया निरूता हुमागाईँ र काठमाडौं महानगरपालिका–७ कुमारीगाल बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका–१० घर भएका २३ वर्षीय रूविन आचार्य रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले गेष्ट हाउसको २०२ नम्बरको कोठा तलासी उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट नियन्त्रित लागूऔषध स्पास्मो ४० ट्याब्लेटसहित घनगढी उपमहानगरपालिका–१२ बस्ने २२ वर्षीय दिपक बहादुर चन्दलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ७० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावारी नगरपालिका–४ बस्ने २६ वर्षीय प्रभाष मल्ल र डोटी जोरायल गाउँपालिका–१ बस्ने २६ वर्षीय बिक्रम पातली रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से ६ प १५४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ३ ग्राम १७ मिलिग्रामसहित भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय अकिल शाहलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पाल्पाको तिनाउ गाउँपालिका–३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेटसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका–४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको टीकापुर नगरपालिका–३ शकरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएक प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलालीको टीकापुर नगरपालिका–१ समितिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिबिरडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित मिक्लाजुङ गाउँपालिका–७ मधुमल्ला बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दाङको लमही नगरपालिका–६ देउपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्रामसहित सोही नगरपालिका–७ कमानपुर बस्ने २५ वर्षीय परीवर्तन बुढा मगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्रामसहित गेरूवा गाउँपालिका–२ बस्ने २५ वर्षीय विनोद सुनारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।