काठमाडौं, नेपालमा यामाहा एक्सएसआर१५५ ले उलेख्य सफलता हासिल गरेको छ । १८औँ नाडा अटो शो औपचारिक रूपमा अनावरण गरिएको एक्सएसआर१५५ को ४ सय २८ वटा बुकिङ भइसकेको छ ।
एमएडब्लू राइड्स प्रा.लि.ले छ दिनमा उक्त संख्यामा एक्सएसआर१५५ बुकिङ भएको जानकारी दिएको हो । यामाहाले नाडा २०२६ मा ‘बेस्ट स्टल अवार्ड’ समेत जितेको छ । नवीन अवधारणा, आकर्षक प्रस्तुति र आगन्तुकलाई प्रदान गरिएको उत्कृष्ट अनुभवका लागि यामाहाको स्टललाई यो सम्मान प्रदान गरिएको हो । यामाहाको स्टलमा एक्सएसआर१५५ को विशिष्ट रेट्रो–आधुनिक डिजाइनलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो ।
क्लासिक टियरड्रप फ्युल ट्यांक, गोलाकार एलईडी हेडलाइट, आकर्षक डिजाइन र सडकमा छुट्टै पहिचान बनाउने उपस्थितिले आगन्तुकको ध्यान खिचेको थियो । एमएडब्लू ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले प्रतिष्ठित पुराना मोटरसाइकलहरूबाट प्रेरणा लिँदै आधुनिक पुस्ताका राइडरका आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर नयाँ पुस्ताका मोटरसाइकल विकास गर्ने बताए ।