काठमाडौं, मिथिला नगरपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९७ ग्राम ४ सय ४० मिलिग्रामसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मधुवनी घर भएका २७ वर्षीय संजित कुमार राम र धनुषा सबैला नगरपालिका–१० घर भएका २६ वर्षीय राकेश राम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।