काठमाडौं, ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ । सिरिजअन्तर्गत ओप्पो रेनो १६ र रेनो १६ एफ रहेका छन् । प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा प्रस्तुत गर्दै आयोजित भव्य फेसन शोमार्फत यी स्मार्टफोन सार्वजनिक गरिएको हो ।
रेनो १६ सिरिजमा ओप्पोको थ्रीडी पप प्लानेट डिजाइन प्रयोग गरिएको छ । यसको पप ह्वाइट भेरियन्टमा उद्योगकै पहिलो होलोभर्स थ्रीडी प्रविधि समावेश गरिएको कम्पनीको दाबी छ ।
रेनो १६ मा ६.३२ इन्चको कम्प्याक्ट डिस्प्ले रहेको छ भने रेनो १६ एफ मा ६.५७ इन्चको ठूलो डिस्प्ले समावेश छ । फोटोग्राफीका लागि दुवै मोडलमा १०० डिग्रीको वाइड एंगलसहितको ५० मेगापिक्सेल अल्ट्रा वाइड सेल्फी क्यामेरा उपलब्ध छ । साथै, अप्टिकल इमेज स्टेबलाइजेसनसहितको ट्रिपल रियर क्यामेरा सेटअप, करिब ३.५ गुणा अप्टिकल जुम क्षमतासहितको टेलिफोटो पोट्र्रेट क्यामेरा र अल्ट्रा वाइड क्यामेरा समावेश गरिएको छ । फोटोग्राफी तथा भिडियो अनुभवलाई थप सिर्जनात्मक बनाउन पप क्याम, एआई रिमिक्स कोलाज, पपआउट कोलाज २.०, ४के अटो स्ट्रेटन भिडियो र डुअल भ्यु भिडियो २.० लगायतका सुविधा पनि उपलब्ध छन् ।
कलरओएस १६ मा सञ्चालन हुने रेनो १६ सिरिजमा एआई स्न्याप की, एआई माइन्ड स्पेस, एआई माइन्ड पाइलट र एआई मेनु ट्रान्सलेसनलगायतका कृत्रिम बौद्धिकता आधारित सुविधा समावेश छन् । रेनो १६ मा ६ हजार ७ सय एमएएच र रेनो १६ एफमा ७ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ । दुवै मोडलले ८० वाट सुपरभोक फास्ट चार्जिङ सपोर्ट गर्छन् । रेनो १६ मा स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ । सिरिजमा एआई लिंकबुस्ट ४.० का साथै पानी तथा धुलोबाट सुरक्षाका लागि आईपी६८, आईपी६९ र आईपी६९के रेटिङ दिइएको छ । विभिन्न परिस्थितिमा सहज प्रयोगका लागि स्प्लास टच र ग्लोभ टच सुविधा पनि उपलब्ध छन् ।
नेपालमा रेनो १६ ५जीको मूल्य एक लाख ९ हजार ९ सय ९० रुपैयाँ र रेनो १६ एफ ५जीको मूल्य ८९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । दुवै फोन पप ह्वाइट र ट्वाइलाइट भायोलेट रंगमा ओप्पोका आधिकारिक रिटेल च्यानलमार्फत उपलब्ध हुनेछन् ।
कम्पनीले ग्राहकका लागि विभिन्न अफर पनि सार्वजनिक गरेको छ । पहिलो ५०० जना ग्राहकले रेनो १६ एफ वा रेनो १६ खरिद गर्दा ओप्पो एयरबड्स ए३ प्रो निःशुल्क प्राप्त गर्नेछन् । साथै, ग्राहकका लागि कम्प्लिट फोन रिप्लेसमेन्ट सुविधा र फोन मर्मत गर्न नसकिने अवस्थामा दुई महिनाको अतिरिक्त बिक्रीपछिको सेवा वारेन्टी उपलब्ध हुनेछ ।
रेनो १६ सिरिजसँगै ओप्पोले ओप्पो बबल पनि सार्वजनिक गरेको छ । १५ हजार ९ सय ९९ रुपैयाँको अधिकतम खुद्रा मूल्य रहेको ओप्पो बबललाई प्रवद्र्धन अवधिभर विशेष मूल्य ९ हजार ९ सय ९९ रुपैयाँ मा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो अफरमा तोकिएका नियम तथा सर्तहरू उपलब्ध हुने कम्पनीको भनाइ छ ।