काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राइले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।