उदयपुर, त्रियुगा नगरपालिका–१२ जनप्रेमी टोल बस्ने ७४ वर्षीया राम कुमारी राईको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा थेरापी मेसिनबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।