बारा, जीतपुरसिमरा उपमहा नगरपालिका–७ छातापिप्रास्थित सडकमा पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ च २२७७ नम्बरको पिकअप सोमबार बिहान दुर्घटना हुँदा चालक पर्सा वीरगंज महानगरपालिका–३० प्रोसतिपुर बस्ने २२ वर्षीय जैमुदिन अंसारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस् न्यूरो अस्पताल परवानिपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।