काठमाडौं, युनिलिभर नेपाल लिमिटेडले रसुवा बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । साथै कम्पनीले थप करिब २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीहरू उपलब्ध गराएको छ, जसको मूल्य करिब एक करोड रुपैयाँबराबरको रहेको कम्पनीको भनाइ छ । बाढीपछि बढ्न सक्ने प्रदूषण तथा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै कम्पनीले सरसफाईका सामग्री हस्तान्तरण गरेको हो ।
कम्पनीले लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिनलगायत स्वास्थ्य तथा घरायसी सरसफाइसम्बन्धी उत्पादनहरू प्रभावित परिवारहरूलाई सहयोग गरेको हो । युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले नेपालले हरेक चुनौतीपूर्ण परिस्थितिमा अद्भुत धैर्यता र सहनशीलता देखाउँदै आएको बताए । ‘यस्ता कठिन समयमा हामी सबै एकजुट भएर सबैभन्दा बढी प्रभावित समुदायहरूको साथमा उभिनु महत्वपूर्ण हुन्छ’, उनले भने, ‘हामी जारी राहत प्रयासहरूमा सहयोग पु¥याउन र प्रभावित परिवारहरूलाई पुनःस्थापनाको यात्रामा साथ दिन सक्ने आशा राख्दछौँ ।’