काठमाडौं, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले रसुवा वाढीवाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि सो रकम सहयोग गरेको हो । प्राकृतिक विपद्का कारण प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले कम्पनीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ ।
यसले सरकारको राहत, पुनर्स्थापना तथा पुनर्स्थापना सहयोग हुने कम्पनीको विश्वास छ । कम्पनीले बाढीबाट प्रभावितप्रति ऐक्यबद्धता व्यक्त गर्दै विपद्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, विपद्का कारण कठिन परिस्थितिको सामना गरिरहेका सबै व्यक्ति तथा समुदायप्रति सहानुभूति प्रकट गरेको छ ।