काठमाडौं, शेयर बजारमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आज सोमबार शेयर बजार परिसुचक नेप्से ४३ दशमलव ८९ अंकले ओरालो लागेर २५ सय १३ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६८ अंकले ओरालो लागेर चार सय ४४ दशमलव ४३ बिन्दुमा झरेको छ । धितोपत्र बजारमा आज तीन सय ४७ वटा कम्पनीहरुको ६८ हजार एक सय ३७ पटकको कारोबारमा ९३ लाख २२ हजार एक सय ८५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ६४ करोड ८६ लाख नौं हजार आठ सय ७८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक उपसमुहको सुचक उकालो लागेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।