काठमाडौं, बनगाड कुपिण्डे नगरपालिका–१ गैरी बजार बस्ने ४० वर्षीय प्रेम बहादुर पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम बहादुरसमेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ९ सय ६० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।