काठमाडौं, शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन २१ दशमलव १९ अंकले खुम्चिएको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार भने ११ दशमलव ९३ अंकले उकालो लागेर २६ सय २४ दशमलव ३६ बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य सात अंकले उकालो लागेर चार सय ६५ दशमलव ७५ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३९ वटा कम्पनीहरुको ५१ हजार सात सय २८ पटकको कारोबारमा एक करोड ३६ लाख १० हजार चार सय ९६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब ४९ करोड ९३ लाख १६ हजार छ सय ४३ रुपैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा दुई वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् । जसमध्ये लगानी र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।