पेरिस, ऊर्जा बजारमा भने कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी बेन्चमार्क कच्चा तेलको मूल्य दुई दशमलव १९ प्रतिशतले बढेर प्रतिब्यारेल १०३ दशमलव ६१ डलर पुगेको छ । अन्तरराष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य पनि दुई दशमलव १३ प्रतिशतले बढेर प्रतिब्यारेल १०७ दशमलव ९३ डलर पुगेको छ ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध जारी रहेकाले तेलको मूल्यमा दबाब परेको हो । दुई क्षेत्रीय अधिकारीले ‘एसोसिएटेड प्रेस’लाई दिएको जानकारीअनुसार, गत साता भएको आक्रमणपछि साउदी अरबको एउटा महत्त्वपूर्ण तेल पाइपलाइन आगामी केही हप्तासम्म अधिकांश समय बन्द रहनेछ । उक्त पाइपलाइनले साउदी अरबलाई तेल निर्यात लाल सागरतर्फ सार्दै फारसको खाडीस्थित स्ट्रेट अफ हर्मुजलाई छल्ने विकल्प प्रदान गर्दै आएको थियो ।
स्ट्रेट अफ होर्मुजमा इरानी आक्रमणका कारण तेल ट्यांकरको आवागमन अवरुद्ध भएपछि विश्वव्यापी तेल आपूर्तिप्रति चिन्ता बढेको छ । मुद्रा बजारमा अमेरिकी डलर १५४ दशमलव ३० येनबाट बढेर १५४ दशमलव ९९ जापानी येन पुगेको छ । युरोको मूल्य भने एक दशमलव १५५७ डलरबाट घटेर एक दशमलव १५३३ डलरमा झरेको एपीले जनाएको छ ।