काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन १९ दशमलव १३ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज मंगलबार पनि पाँच दशमलव ३० अंकले ओरालो लागेर २५ सय ९४ दशमलव २७ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५० अंकले ओरालो लागेर चार सय ५७ दशमलव ६७ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५७ वटा कम्पनीहरुको ४६ हजार पाँच सय ८९ पटकको कारोबारमा एक करोड ४४ हजार एक सय ६४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब १० करोड ९७ लाख ५१ हजार सात सय ३० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक र निर्जीवन बीमा उपसमुहको सुचक उकालो लागेको छ भने बाँणिज्य बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।