काठमाडौं, साताको पहिलो कारोबार दिन सोमबार नैं शेयर बजार खुम्चिएको छ । शेयर। बजार परिसुचक नेप्से आज नौं दशमलव शुन्य चार अंकले ओरालो लागेर २६ सय ४१ दशमलव शुन्य पाँच बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २० अंकले ओरालो लागेर चार सय ६१ दशमलव ३६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५२ वटा कम्पनीहरुको ५३ हजार पाँच सय २४ पटकको कारोबारमा एक करोड नौं लाख ६६ हजार सात सय ४५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ६७ करोड ४४ लाख १९ हजार सात सय ६६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन । जसमध्ये जलबिद्युत, निर्जीवन बीमा, उत्पादनमुलक र लघुवित्त उपसमुहको सुचक बढेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।