काठमाडौं, इसेवाले ‘श्रावण र शृङ्गार’ कार्यक्रम आयोजना गरेको छ । नेपाली महिलाको निम्ति विशेष मानिने श्रावणको महिनाको अवसरमा शनिबार र आइतबार दुई दिन उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा इसेवा प्रयोगकर्ताहरू महिलाहरु सहभागी भएका थिए । कार्यक्रमले सहभागीहरूलाई श्रावण महिना र तीजको सांस्कृतिक उत्साह साथी–सङ्गीसँग एकै ठाउँमा मनाउने र अनुभव गर्ने अवसर दिएको कम्पनीले उल्लेख गरेको छ ।
श्रावण महिना र तीजको परम्पराबाट प्रेरित भई आयोजना गरिएको यस कार्यक्रममा सहभागीहरूका लागि ब्युटिसियनमार्फत मेहेन्दी लगाउने, पोलारोइड फोटो बुथमा स्मरणीय क्षणका फोटोहरू खिच्दै ठाउँको ठाउँ धुलाउने र विभिन्न खेलहरू खेल्दै आकर्षक पुरस्कार जित्ने जस्ता उत्साहजनक क्रियाकलाप तथा अनुभवहरू उपलब्ध रहेको थियो । यसले सबै उमेर समुहका सहभागीहरूका लागि एक जीवन्त र रमाइलो उत्सवको अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘श्रावण र शृङ्गार’ कार्यक्रम इसेवाको महिनाभरी चल्ने ‘३ सि इज द ग्रिन फ्ल्याग’अभियानअन्तर्गत सञ्चालन गरिएको थियो ।