काठमाडौँ, रियलमीले नेपालमा आफ्नो एआईओटी इकोसिस्टमलाई थप सुदृढ बनाउन स्मार्ट वेयरेबल उत्पादनहरूको आकर्षक पोर्टफोलियो उपलब्ध गराएको छ । उत्कृष्ट अडियो अनुभव र स्मार्ट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्यसहित कम्पनीले रियमली बड्स टी१००, रियलमी बड्स टी२००, रियलमी बड्स टी५०० प्रो तथा रियलमी वाच डब्लू फाइभ नेपाली बजारमा उपलब्ध गराएको हो । यी उत्पादनहरू विभिन्न मूल्य वर्गमा उपलब्ध भएकाले उपभोक्ताले आफ्नो आवश्यकता र बजेटअनुसार सहज रूपमा छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।
दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको रियलमी बड्स टी१०० मा १० एमएम डाइनामिक बास ड्राइभर, ब्लुटुथ ५.३, स्पष्ट भ्वाइस कलका लागि एआई न्वाइज क्यान्सलेसन, आईपीएक्स५ रेटिङसहितको पानी र पसिनाबाट सुरक्षित रहने सुविधा, टाइप–सी चार्जिङ तथा चार्जिङ केससहित कुल २८ घण्टासम्म प्लेब्याकको सुविधा रहेको छ । कालो रंगमा उपलब्ध यस इयरबडको मूल्य २ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै रियलमी बड्स टी२०० मा १२.४ एमएम डाइनामिक बास ड्राइभर, हाइ–रेज अडियो सपोर्ट, ब्लुटुथ ५.४ तथा बाह्य आवाज कम गर्ने एक्टिभ न्वाइज क्यान्सलेसन सुविधा उपलब्ध छ । साथै, यसमा टच कन्ट्रोल, आईपी५५ रेटिङसहितको पानी र पसिनाबाट सुरक्षित रहने सुविधा तथा एकपटकको चार्जमा १० घण्टासम्म प्लेब्याकको सुविधा रहेको छ । हरियो रंगमा उपलब्ध रियलमी बड्स टी२०० को मूल्य ४ हजार ४९९ रुपैयाँ तोकिएको छ । रियलमी बड्स टी ५०० प्रोमा १२.४ एमएम टाइटेनियम प्लेटेड डाइनामिक ड्राइभर, ब्लुटुथ ६.१, एक्टिभ न्वाइज क्यान्सलेसन तथा एकपटक चार्जमा १३.५ घण्टासम्म प्लेब्याकको सुविधा रहेको छ ।
साथै, यसमा एआई लाइभ ट्रान्सलेटर र एआई फेस–टु–फेस ट्रान्सलेटर जस्ता सुविधा समावेश गरिएका छन्, जसले विभिन्न भाषा बीचको प्रत्यक्ष संवादलाई अझ सहज बनाउँछ । कालो रंगमा उपलब्ध यस इयरबडको मूल्य ७ हजार ४९९ रुपैयाँ तोकिएको छ । यस पोर्टफोलियोलाई पूर्णता दिने रियलमी वाच डब्लू ५ मा १.९७ इन्चको एमोलेड टचस्क्रिन डिस्प्ले, स्वास्थ्य अवस्था निरन्तर अनुगमन गर्ने सुविधा सुविधा, स्मार्ट कनेक्टिभिटीका विभिन्न फिचर तथा सामान्य प्रयोगमा १४ दिनसम्म टिक्ने ब्याट्री क्षमता रहेको छ । यो स्मार्टवाच आईओएस ११ तथा एन्ड्रोइड ९.० वा सोभन्दा माथिका डिभाइससँग उपयुक्त छ । कालो रंगमा उपलब्ध यस स्मार्टवाचको मूल्य १० हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।
रियलमीले आधुनिक प्रविधि, आकर्षक डिजाइन, उत्कृष्ट कार्यसम्पादन र दैनिक प्रयोगमा सहजता प्रदान गर्ने उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । उत्कृष्ट वायरलेस अडियो अनुभवदेखि स्मार्ट जीवनशैलीलाई सहज बनाउने वेयरेबल प्रविधिसम्म, कम्पनीका यी उत्पादनहरूले स्मार्ट, सुविधाजनक र अझ बढी कनेक्टेड जीवनशैली अपनाउन चाहने उपभोक्ताका लागि भरपर्दो विकल्प प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।