काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन १९ दशमलव ३४ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन बुधबार पनि शुन्य दशमलव २६ अंकले ओरालो लागेर २६ सय २२ दशमलव २२ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य आठ अंकले ओरालो लागेर चार सय ६१ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४६ वटा कम्पनीहरुको ४२ हजार सात सय नौं पटकको कारोबारमा ९५ लाख आठ हजार आठ सय ८२ कित्ता शेयर शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब २९ करोड ८० लाख १९ हजार पाँच सय ७१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाणिज्य बैंक, जलबिद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जीवन बीमा, लघुवित्त सहितका आठ वटा उपसमुहहरुको सुचक खुम्चिएका छन् ।