काठमाडौं, सानिमा क्यापिटलको उच्च व्यवस्थापकीय पदमा कार्यरत रश्मी रिजाल मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौंको तारकेश्वर नगरपालिकामा १ मा रहेको बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरेर राखिएको विद्युतीय कारभित्र उनको शव फेला परेको हो ।
उनी सोही नगरपालिका वडा नम्बर ९ की बस्दै आएको बताइएको छ । हिजो बिहानदेखि परिवारसँग सम्पर्कविहीन रहेकी उनी शनिबार दिउँसो कारभित्र जलेको अवस्थामा भेटिएकी हुन् । शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको अनुसन्धानमा संलग्न प्रहरीले जानकारी दिएका छन् । उनी सानिमा क्यापिटलमा प्रवक्ताको जिम्मेवारीमा रहेकी थिइन् ।
यता बैंक स्रोतले भने रिजाल बिहीबारसम्म नियमित रूपमा कार्यालयमा आएको र शुक्रबार भने बच्चालाई स्कुल पुर्याएर कार्यालय आउँछु भनेको बताएको छ । ‘तर उहाँ शुक्रबार आउनुभएन, अहिले यस्तो दुःखद घटना सुनियो’, बैंक स्रोतले भन्यो ।