विराटनगर । सुनसरीको देवानगञ्जमा भएको घटनाका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको उपचारका क्रममा मृत्यु भएको छ।मोरङ प्रहरीका अनुसार देवानगञ्ज गाउँपालिकाका २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो।
प्रहरीले चलाएको गोली उनको पेटमा लागेको थियो। गोली लागेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।
यसअघि आइतबार पनि सोही घटनामा प्रहरीको गोली लागेर एक जना युवाको मृत्यु भएको थियो। उक्त घटनामा प्रहरीको गोली लागेर कुल आठ जना युवा घाइते भएका थिए, जसमध्ये अहिले दुई जनाको मृत्यु भइसकेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।