काठमाडौं, शेयर बजार परिसुचक नेप्से उच्च बिन्दुले खुम्चिएको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसुचक ३३ दशमलव २८ अंकले ओरालो लागेर २७ सय एक दशमलव ३२ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९८ अंकले ओरालो लागेर चार सय ७१ दशमलव ४९ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ६० वटा कम्पनीहरुको ६९ हजार आठ सय तीन पटकको कारोबारमा एक करोड ३९ लाख २५ हजार तीन सय ३७ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम छ अर्ब आठ करोड आठ लाख ६३ हजार तीन सय ५४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाणिज्य बैंक र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेकाछन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।