नेपालमा बिदासम्बन्धी प्रारूप : सरकारले जेष्ठ १, २०७९ सालदेखि कार्यालय समय ९.३० र ५.३० सहित हप्ताको शनिबार र आइतबार बिदा दिने चलन फेरी सुरु गरेकोमा केही महिना पछी पूर्वरुपमा १० देखि ५ बजेसम्म कार्यघण्टा तोकेको थियो । अब २०८२ रहँदा फेरी हप्ताको पाँच दिन काम गर्ने र दुई दिन आराम गर्ने समय आएको छ । यसमा सबैले मनन गरुन् ।
तराईमा बसेका अधिकांश बासिन्दालाई ल्होसार के हो ? कसरी मनाइन्छ ? भन्ने कुरा जसरी थाहा छैन त्यसैगरी सगरमाथाको फेदीमा बसेका बासिन्दालाई छठ पर्व के हो ? र कसरी मनाइन्छ ? भन्ने कुरा थाहा हुँदैन र छैन । यसैगरी राजधानी उपत्यकामा मनाइने घोडे जात्रा, इन्द्र जात्रा, गाई जात्रा र मच्छीन्द्र रथ जात्रा बारेमा पहाड, तराई र हिमालयमा बसेका नेपालीलाई कमै थाहा छ । यस अर्थमा दिइने बिदाहरूका अर्थ र उपादेयताबारे गहन भएर सोच्ने बेला भएको छ ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जनका लागि युरोप र अमेरिकामा मजदुरले गर्दै आएको संघर्षस्वरुप एसियाका देशमा पनि हप्ताको ४० घण्टा रुटिनमा चल्दै आएको छ । युरोपका एक देशमा त दैनिक १० घण्टाका दरले काम गरी हप्ताको ४ दिन काम गरी ३ दिन बिदा दिने चलन रही आएको छ । संसारका सबैजसो देशमा हप्ताको ५ दिन काम र २ दिन बिदा दिने चलन छ । यसै अनुरुप आफ्नो देशमा बिदा समायोजन गर्दै आएको छ ।
नेपालमा २०७९ सालमा ९५ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय रहेको थियो । सरकारले २०७९ सालमा शनिबारबाहेक अर्थात् ५२ दिन र विभिन्न पर्व, दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसरी वर्षको जम्मा ९५ दिन बिदा हुने भनिएको छ । नेपाल सरकारले वार्षिक रुपमा निर्णय गर्दै आएको अनुभवअनुसार संवत २०७९ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षको सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि निर्णयबमोजिम सार्वजनिक, पर्व र सट्टा बिदा र कार्यालय बिदा समय निर्धारण गरेको छ ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जनका लागि युरोप र अमेरिकामा मजदुरले गर्दै आएको संघर्षस्वरुप एसियाका देशमा पनि हप्ताको ४० घण्टा रुटीनमा चल्दै आएको छ । युरोपका एक देशमा त दैनिक १० घण्टाका दरले काम गरी हप्ताको ४ दिन काम गरी ३ दिन बिदा दिने चलन रही आएको छ । संसारका सबैजसो देशमा हप्ताको ५ दिन काम र २ दिन बिदा दिने चलन छ । नेपालमा सरकारी कर्मचारीलाई ५ दिनका ७ घण्टा र शुक्रबार ५ घण्टा गरी हप्ताको ४० घण्टा काम गर्ने चलन रहिआएको छ ।
श्रम कानुन र अरु नियमहरू अनुसार श्रमिक र कर्मचारीले निजी कम्पनीहरूमा दैनीक ८ घण्टा काम गरी हप्ताको ४८ घण्टा तोकेकोले सोहीअनुरुप निजी क्षेत्रका श्रमिक र कर्मचारीले हप्ताको ४८ घण्टा कार्य गर्न परिरहेको अवस्था छ । यो पंक्तिकार पनि केही महिना निजी कम्पनी संस्था प्रशारण तथा प्रकाशन कम्पनीमा काम गर्दा पनि यही अनुभव गर्न परेको थियो । तर अन्तर्राष्ट्रिय मान्यताअनुरुप हप्ताको ४० घण्टा मात्र काम लगाउन पाइन्छ । त्यसैअनुरुप सरकारले सरकारी कार्यालयमा हप्ताको ४० घण्टाको मापदण्ड राखेको छ । नेपालमा निजी क्षेत्रमा हप्ताको ४८ घण्टा कार्य गर्ने समय सरकारको कार्य समयसँग बाँझिएको छ । नेपालका निजी कम्पनीमा दिइने कार्य घण्टा अन्तर्राष्ट्रिय मान्यताअनुरुप मिलेको देखिदैन । भनाइको मतलब नेपालका निजी कम्पनीमा पनि हालको सरकारी कार्य घण्टा जस्तै हप्तामा ४० घण्टा कायम गर्नु उपयुक्त देखिन्छ ।
नेपालमा सरकारी कार्यालयमा हप्ताको पाँच दिन दिने र दैनिक आठ घण्टा कार्यदिन हुने गरी ४० घण्टा कार्य गरी हप्ताको २ दिन छुटी दिने चलन अगष्ट १९९९ देखि मार्च २००५ सम्म चलको थियो । २०७८मा केही चली पुनः फेरि बन्द भएको छ ।
कोरोनामा कर्मचारीलाई आराम पनि चाहिने र आम्दानीमा सन्तुष्ट भएमा उत्पादकत्व बढने हुँदा हप्ताको पाँच दिन कार्यालय सञ्चालनमा देखिएका कमी कमजोरीहरूलाई हटाइ पुनः सुरुवात गर्न मनासिब देखिन्छ ।
नेपाली सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा दिएको समयमा र जहिले पनि एक दिन शनिबार बिदा हुँदाको बेला र पहिले दुई दिनअघि राणाकालदेखि शनिबार एक दिन बिदा दिने चलनमा हेरफेर भए पनि काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगका कार्यालयमा अद्यपि हप्ताको शनिबार र आइतबार बिदा दिने चलन कायमै छ ।
विश्व परिप्रेक्षमा हेरौँ न ?
संसारका ८८ प्रतिशत देशमा सातामा २ दिन सार्वजनिक बिदा दिइने प्रचलन रहेको निष्कर्स निकालेको विचार बाह्य अभ्यास, सन्धीसम्झौता र नीति नियमलाई समेत आधार मानिएको छ ।
हप्तामा ४ दिन काम ३ दिन छुटी दिई विश्वका धेरै देशहरूमा शनिबार र आइतबारका दिनहरू घर जाने प्रचलन रही आएको देखिन्छ । सन् २०२२ को सुरुवातदेखि यूएईले पनि शनिबार र आइतबार विदासँगै शुक्रबार आधा दिन बिदा दिन थालेको छ । यसलाई सबभन्दा लामो अवसरको चलनका रुपमा हेरिएको थियो ।
जे होस् युरोपेली देश बेल्जियमले यूएईलाई पछि पार्दै हप्तामा ३ दिन बिदा दिने निर्णय गर्यो । शीर्ष राज्य नेता अलेक्ज्यान्डर डे क्रुज देशको अर्थतन्त्र र दैनिक आयामका लागि व्यक्तिहरूका चाहानामा काम गर्न अर्काे काम नियमको जानकारी गरेका हुन् । मंगलबारबाट कामको नियमनबाट भएको परिवर्तन बारेमा आफ्ना पुजारीहरूसँगको छोटो बहसपछि पत्रकारहरूलाई सम्बोधन गर्दैै भनिएको छ की कोभिड २०१९लाई ध्यान राख्दै मानिसहरू होसियारसाथ काम गर्न बाध्य छन् । नयाँ कार्य नियमनका लागि सबभन्दा विश्वस्तरीय परिवर्तनहरू मध्ये एक भनेको कसैले कामको घण्टापछि आफ्नो आरामका लागि टेलिफोन बन्द गर्न सक्नु हुन्छ । कार्य नियमावलीले व्यक्त गर्द छ कि प्रतिनिधिहरूले आफ्नो संचारका साधन बन्द गर्ने र कार्यलयका सूचनाहरूलाई विचार नगरी विशेषाअधिकार कार्य समयपछि प्रमुखबाट निर्धक्कसाथ राख्न सक्दछन् ।
नेपालमा अब विश्व परिप्रेक्षमा तालमेल गर्न के गर्ने ?
नेपालमा बाह्य अभ्यास तथा बिदाले देशको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी सार्वजनिक बिदा थप गर्न सरकारलाई विभिन्न पक्षले सिफारिस गरी आएको छ । प्रचलनमा नेपालमा हप्तामा एक दिन अर्थात् शनिबार मात्र बिदा दिने गरिएकोमा आइतबार पनि बिदा थपिएमा र त्यसको आन्तरिक पर्यटन प्रवद्र्धन, सार्वजनिक खर्चमा कटौती, इन्धनमा कटौती, उत्पादकत्वमा वृद्धि गर्दै देशको अर्थतन्त्रमा टेवा पुग्ने धेरैको ठहर छ ।
नेपालमा अब आइतबार पनि सार्वजनिक बिदा हुने कुराको बहस चलेको छ । सरकारी तवरबाट सातामा २ दिन सार्वजनिक बिदा स्वीकृत गर्न पटकपटक सिफारिस पेश गरिदै आएको पश्चात् पुनः हप्ताको एक दिन बिदा दिने चलन गरिएको छ ।
हाम्रा कार्यालय समयमा पनि कार्यालय बाहिरका काम लिई कार्यालय बाहिर जाने कर्मचारीहरू अधिकांश हुन्छन् भन्दा फरक नपर्ला । त्यसर्थ यी सबै कुराहरू र अरु थप कुरा विचार गर्दा नेपालमा हप्ताको एकैदिन बिदा दिने चलन ठिकै ठानिए पनि पुरानो राणाकालीन चलनका अवशेष शनिबार बिदाको सटा आइतबार बिदा दिई बाह्य मापदण्ड कायम गर्दा शनिबार कार्यालय खोली हालको हप्ताको ४० घण्टा नघट्ने गरी दैनिक एक घण्टा छिमेकी देशमा जस्तै एक बजेदेखि दुई बजेसम्म सम्पूर्ण कार्यालय खाजाको लागि बन्द गरी कार्यालय समय नौ पाँच गरी हप्ताको एक दिन बिदा दिने चलन परम्परागतरुमा आएको चलनलाई उही हप्ताको ४० घण्टा हुने गरी सुदृढीकरण पनि गर्न आवश्यक छ ।
नेपाली कुनै धार्मिक चाडमा सार्वजनिक बिदा दिनुको मतलव राष्ट्रिय मान्यता दिनु हो र यसको महत्व बढाउनु हो । वास्तवमा त सबै धर्म सबै चाडलाई उत्तिकै मान्यता र महत्व दिन त वार्षिक रुपमा स्वेच्छिक २०—२४ दिन ल्याप्स भएर जाने र पाकेमा पैसा नपाइने गरी वार्षिक चाडपर्व एकमुष्ट बिदा दिई जुन धर्मका चाडमा आफूखुसी स्वेच्छिक चाडपर्व बिदा दिने लिने चलन गर्नु पर्छ र हप्ताको २ दिन बिदा कायम गरी दैेनिक आठ घण्टा कार्यालय समय राखी हप्ताको ४० घण्टा बनाइनु पर्दछ । हालको घरबिदा र हालको ६ दिन क्या.बी. कायम राखिनु पर्छ । तर हालको ६ दिनको पर्व बिदा झिकिनु पर्दछ । बिदाको समायोजन गर्दा राष्ट्रिय बिदा, पर्व, दिवस र वैदिक पौराणिक बिदा १२ देखि १६ दिन जति, प्रस्तावित स्वेच्छिक ल्याप्स भएर जाने पर्व बिदा २४ दिन जति दिइनु पर्छ । १२ देखि १६ दिने राष्ट्रिय बिदाहरूमा घटस्थापना एक दिन, दशैँ एक दिन, तिहार एक दिन, जनैपूर्णिमा एक दिन, रामनवमी एक दिन, शिवरात्री एक दिन, यूएन डे एक दिन, श्रम दिवस एक दिन, गणतन्त्र दिवस एक दिन, सहिद दिवस एक दिन, महिला दिवस एक दिन गरी १२ देखि १६ दिने राष्ट्रिय बिदा प्रस्तावित गर्न सकिन्छ । यी दिनभन्दा बढी दिन बिदा चाहिएमा स्वेच्छिक ल्याप्स भएर जाने २४ दिनमध्येबाट आफूखुसी बिदा लिने प्रस्तावित गर्न सकिन्छ ।
राष्ट्रिय बिदा १२ देखि १६ दिन, स्वेच्छिक २४ दिने ल्याप्स भएर जाने बिदा र चलिआएको क्याबी छ दिनसहित घरबिदा बिरामी बिदा कायम राखी कायम राखी हप्ताको २ दिन छुट्टी गरी कार्यालय दिन पाँच गरी कार्यालय समय दैनिक ८ घण्टा गरेमा बिदा व्यवस्थापन तथा समायोजन हुन गई उत्पादकत्व बढी हुन जान्छ कि ? यसो गरेमा आएकोे शनिबार ५२ र अरु थप ४० देखि ४५ दिनको बिदा गरी ९५ दिन र थप शनिबार ५२ दिन बिदा समायोजन गर्न पंक्तिकारले प्रस्तावित गर्दै आएकोमा समायोजन प्रस्तावनामा राखिन्छ । (लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पूर्व नायव कार्यकारी निर्देशक हुनुहुन्छ ।)