फुटबल विश्वकपको महाकुम्भ केवल खेलकुद प्रतियोगिता मात्र नभएर, यो आजको विश्व अर्थतन्त्रलाई चलायमान बनाउने सबैभन्दा ठूलो वैश्विक आयोजनामध्ये एक बनेको छ । यो खेल हरेक चार वर्षको अन्तरालमा आयोजना हुने विश्वकपले खेलाडी, समर्थक र राष्ट्रबीच भावनात्मक सम्बन्ध मात्र नभएर, पर्यटन, व्यापार, रोजगारी, सञ्चार, पूर्वाधार र लगानीका क्षेत्रमा ठूलो आर्थिक गतिविधि सिर्जना गर्छ । सन् २०२६ को विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा ४८ राष्ट्र, १०४ खेल र अमेरिका, क्यानडा तथा मेक्सिको गरी तीन देशहरूमा आयोजना हुँदैछ । यो खेल सन् २०२६ जुन ११ देखि जुलाइ १९ सम्म चल्ने छ । यो खेल मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगिता विश्वकपको नयाँ युगको सुरुआत पनि हो । विश्वकपको इतिहासमा पहिलोपटक ४८ टोली सहभागी हुँदै छन् । यसअघि ३२ टोली खेल्ने प्रतियोगितामा अब थप १६ राष्ट्रले विश्व फुटवल खेल्नेछन् । यसमा खासगरीकन १६ सहरमा आयोजना हुने प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ सहर समावेश छन् । नेपाली समयअनुसार लगभग बाह्र बजे राती र बिहानै खेल हुनेछन् ।
विश्वकप : खेल मैदानबाट विश्व बजारसम्म
फुटबल विश्वकपलाई धेरै अर्थशास्त्रीहरूले खेलकुदको महाकुम्भ मात्र नभएर, आर्थिक महाकुम्भ पनि भन्ने गरेका छन् । एउटा खेल सुरु हुँदा लाखौँ दर्शकको उत्साहसँगै होटल, यातायात, रेस्टुरेन्ट, खुद्रा व्यापार, डिजिटल सेवा, विज्ञापन र मनोरञ्जन उद्योगमा माग बढ्छ । सन् २०२६ को विश्वकपले विगतका सबै संस्करणको तुलनामा ठूलो आर्थिक आकार लिने अनुमान गरिएको छ । फलतः अध्ययनहरूका अनुसार यस प्रतियोगिताले विश्व अर्थतन्त्रमा करिब ४०.९ अर्ब अमेरिकी डलरसम्मको आर्थिक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । अमेरिकी अर्थतन्त्रमा मात्र करिब १७.२ अर्ब डलर बराबरको प्रभाव पर्ने अनुमान छ । तसर्थ विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पनि विश्वकपलाई आफ्नो प्रमुख आम्दानी स्रोतका रूपमा उपयोग गर्दै आएको छ । सन् २०२६ को संस्करणबाट राजस्व अघिल्ला संस्करणभन्दा धेरै बढ्ने अपेक्षा गरिएको छ ।
पर्यटन : विश्वकपको पहिलो आर्थिक इन्जिन
विश्वकप आयोजना हुने देशमा सबैभन्दा ठूलो प्रभाव पर्यटन क्षेत्रमा देखिन्छ । लाखौँ विदेशी समर्थक खेल हेर्न पुग्दा हवाइ सेवा, होटल, रेस्टुरेन्ट, ट्याक्सी, स्थानीय बजार र मनोरञ्जन क्षेत्रमा ठूलो कारोबार हुन्छ । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले विश्वभरका समर्थकलाई आकर्षित गर्ने लक्ष्य राखेका छन् । विश्व यात्रा तथा पर्यटन परिषद्का अनुसार विश्वकपले उत्तर अमेरिकाको पर्यटन क्षेत्रमा उल्लेखनीय वृद्धि ल्याउने अपेक्षा गरिएको छ । क्यानडाको पर्यटन क्षेत्रको उत्पादनमा ६.४ प्रतिशत, मेक्सिकोमा २.४ प्रतिशत र अमेरिकामा २.१ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ । नेपालजस्ता पर्यटन सम्भावना भएका देशका लागि पनि विश्वकपले एउटा पाठ सिकाउछ । जसलेगर्दा ठूला अन्तर्राष्ट्रिय आयोजनालाई पर्यटन प्रवद्र्धन, ब्रान्ड निर्माण र विदेशी मुद्रा आर्जनसँग जोड्न सकिन्छ ।
रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र
विश्वकपको प्रभाव केवल ठूला कम्पनीसम्म सीमित हुँदैन । यसरी निर्माण मजदुरदेखि होटल कर्मचारी, सुरक्षाकर्मी, चालक, स्वयंसेवक, डिजिटल सेवा प्रदायक र साना व्यापारीसम्म यसको प्रभाव पुग्छ । सन् २०२६ विश्वकपले अमेरिकाका आयोजक सहरहरूमा मात्र ठूलो रोजगारी प्रभाव सिर्जना गर्ने अनुमान गरिएको छ । केही अध्ययनहरूले अमेरिकामा करिब २९० हजारभन्दा बढी रोजगारी अवसर सिर्जना हुन सक्ने अनुमान गरेका छन् । यसर्थ स्थानीय व्यवसायका लागि विश्वकप ठूलो अवसर हो । फुटबल समर्थकले खाना, पेय पदार्थ, स्मृति सामग्री, यात्रा सेवा र मनोरञ्जनमा खर्च गर्ने भएकाले साना व्यवसायमा समेत आम्दानी बढ्छ ।
फुटबलको सबैभन्दा ठूलो व्यापार
यस आयोजनाका लागि कुल १३.९ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ । फिफा र विश्व व्यापार संगठनले सार्वजनिक गरेको संयुक्त अध्ययनअनुसार यो प्रतियोगिताले विश्वको कुल गार्हस्थ्य उत्पादनमा ४०.९ अर्ब डलर बराबरको योगदान पुर्याउनेछ । यस अध्ययनले विश्वभर करिब ८ लाख २४ हजार नयाँ रोजगारीका अवसर सिर्जना हुने प्रक्षेपण गरेको छ । अमेरिकामा मात्रै करिब २ लाख रोजगारी सिर्जना हुने अनुमान छ । विश्वकप फुटबलले गर्दा संसारभरि झन्डै ८०.१ अर्ब डलर बराबरको नयाँ आर्थिक कारोबार हुने प्रक्षेपण छ । विश्वकपका कारण संसारभरिका विभिन्न व्यापार व्यवसायमा सामान र सेवाहरूको बिक्री ह्वात्तै बढ्ने र आर्थिक गतिविधि तीव्र हुने ठानिएको छ । फिफाको आफ्नो खर्च भने करिब ३.८ अर्ब डलर हुने अनुमान गरिएको छ । सञ्चालनमा १.१२ अर्ब डलर, पुरस्कारमा १.०२ अर्ब डलर, टिमहरूका लागि ८९ करोड डलर, रंगशालाको मर्मत, भाडा र खेलकुद सामग्रीका लागि ४२ करोड डलर र प्रशासनतर्फ ९ करोड डलर फिफाले छुट्याएको छ । इन्टरनेट र डिजिटल प्रविधिका कारण यसपालि ६ अर्बभन्दा बढी अर्थात् विश्वव्यापी कुल जनसंख्याको तीनचौथाइ मानिसले यो प्रतियोगिता हेर्ने अपेक्षा छ । कतारमा भएको सन् २०२२ को विश्वकप ५ अर्ब मानिसले हेरेका थिए । त्यो बेला फिफाको चारवर्षे व्यावसायिक आम्दानीमा करिब ७.५ अर्ब अमेरिकी डलर आम्दानी भएको अनुमान गरिन्छ । प्रसारण अधिकार, प्रायोजन सम्झौता र लाइसेन्सिङबाट आएको यो आम्दानीलाई आधार मान्दा सन् २०२६ को विश्वकपले फिफाको कुल आम्दानी १० अर्ब डलरभन्दा माथि पुग्ने अनुमान छ ।
सञ्चार, विज्ञापन र डिजिटल अर्थतन्त्र
आजको विश्वकप मैदानमा मात्र हुँदैन; यो टेलिभिजन, मोबाइल, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा पनि चल्छ । सन् २०२६ विश्वकपमा खेल संख्या बढेकाले प्रसारण अधिकार, विज्ञापन र डिजिटल सामग्रीबाट ठूलो आम्दानी हुने अपेक्षा गरिएको छ । तसर्थ विभिन्न विज्ञहरूका अनुसार र विश्लेषणहरूका अनुसार विश्वकपसँग सम्बन्धित विज्ञापन बजारले ५० करोड डलरभन्दा बढीको अवसर सिर्जना गर्न सक्छ ।
नेपालका लागि विश्वकपबाट सिकाइ
नेपाल विश्वकप आयोजना गर्ने अवस्थामा छैन । तर विश्वकपबाट नेपालले धेरै कुरा सिक्न सक्छ । यसमा मुलुकले खेल पर्यटन विकास गर्न सक्छ, अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्न सक्छ, फुटबल पूर्वाधार सुधार गर्न सक्छ, युवा खेलाडी उत्पादनमा लगानी गर्न सक्छ र पर्यटन र खेललाई जोडेर आर्थिक गतिविधि बढाउन सक्छ । नेपालमा फुटबलको लोकप्रियता उच्च भए पनि यसको आर्थिक सम्भावना अझै पूर्ण रूपमा उपयोग भएको भने छैन । वस्तुतः महाकुम्भ २०२६ एउटा धार्मिक आयोजनभन्दा धेरै माथि उठेको छ । यसले ६६ करोडभन्दा बढीको सहभागिता र ३ लाख करोडभन्दा बढीको कारोबारको साथ, यो मानव इतिहासकै सबैभन्दा ठूलो सर्कुलर इकोनोमिक मोडेल बनेको छ । यो केवल पूजाआजा मात्र नभएर, पूजा र व्यवसायको अभूतपूर्व सहअस्तित्वको सशक्त उदाहरण पनि हो यो । यसले स्पष्ट पार्छ, जब आस्था र बजार एक हुन्छन् । तबमात्र आर्थिक चलायमानताको नयाँ आयाम खुल्छ । अब प्रश्न छ, नेपालले यस्तै अवसरहरू कसरी उपयोग गर्न सक्छ?
निष्कर्ष
समग्रमा भन्नुपर्दा महाकुम्भले स्थानीय र क्षेत्रीय स्तरमा अत्यन्त ठूलो आर्थिक चलायमान, रोजगारी र पूर्वाधार विकासको गति दिन्छ । जुन सन् २०१९ /२०२३ का लागि प्रस्तुत तथ्यांकले बजेटभन्दा धेरै गुणा ठूलो आर्थिक प्रभाव देखाएका छन् । विश्वकप जस्ता खेलकुद मेगा–इभेन्टमा पनि ठूलो कारोबार र पूर्वाधार निर्माण हुन्छ । तर दीर्घकालीन राष्ट्रिय आर्थिक वृद्धि (जीडीपी) मा स्पष्ट सकारात्मक उछाल देखाउन सकिएको छैन् । यी दुवै खाले मेगा–इभेन्टको वास्तविक आर्थिक मूल्यांकनका लागि पर्यावरणीय लागत, दीर्घकालीन पूर्वाधार उपयोग र नीतिगत व्यवस्थापनलाई सन्तुलित रूपमा हेर्नुपर्ने आवश्यकता प्रस्ट देखिन्छ । मूलतः विश्वकप आज केवल गोल, जीत र हारको कथा मात्र नभएर यो विश्व अर्थतन्त्रलाई गति दिने विशाल आर्थिक प्रणाली पनि हो । यसले पर्यटन, रोजगारी, व्यापार, प्रविधि र अन्तर्राष्ट्रिय सम्बन्धमा ठूलो प्रभाव पार्छ । सन् २०२६ को विश्वकपले देखाउने मुख्य सन्देश के हो भने खेलकुदलाई सही योजना, पूर्वाधार र व्यवस्थापनसँग जोड्न सकेमा यो अन्तरराष्ट्रिय समृद्धिको माध्यम बन्न सक्छ । मैदानमा ९० मिनेटको खेल भए पनि यसको आर्थिक प्रभाव वर्षौँसम्म चलिरहन्छ । यही कारणले फुटबल विश्वकपलाई विश्वको खेलकुद महाकुम्भ मात्र नभएर, आर्थिक चलायमानको महाकुम्भ पनि भनिन्छ ।