शेयर बजार परिसुचक नेप्से झिनो अंकले उकालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव शुन्य छ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार एक दशमलव ६३ अंकले उकालो लागेर २७ सय दुई दशमलव ११ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३१ अंकले उकालो लागेर चार सय ६३ दशमलव ९८ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५३ वटा कम्पनीहरुको ६१ हजार एक सय ७० पटकको कारोबारमा एक करोड नौं लाख २२ हजार पाँच सय २५ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम चार अर्ब ५३ करोड ४९ लाख ८३ हजार पाँच सय ६८ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने फाईनान्स, जलबिद्युत, जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार उसमुहको सुचक उकालो लागेका छन् ।