काठमाडौं । रूकुम पूर्वको सिस्ने गाउँपालिका–६ स्थित साँग्रे खोलाको पुल नजिकबाट भरूवा बन्दुक १ थान शुक्रबार साँझ प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट खोपीचारबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । दाङको घोराही उपमहानगरपालिका–१ स्थित महिला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक २ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।