बिरामी अवस्थामा रहेको सेयरबजारलाई डा. अर्थमन्त्रीले निको पार्छ कि भनेर बसिरहेका लगानिकर्ताहरूलाई डा. अर्थमन्त्रीले बचाउन सकेनन् । झन् सेयरबजारलाई आर्यघाटमा पु¥याउला जस्तो छ भनेर भन्ने गरेका छन् सरोकारवालाहरूले । सेयरबजारलाई न डा. अर्थमन्त्रीले बचाउन सकेका छन् न आर्थिक वर्षको बजेटले नै । डा. अर्थमन्त्री आउँछ र यस वर्षको बजेटले सेयरबजारलाई माथि पुर्याउला भनेको त डा. अर्थमन्त्री र आर्थिक वर्ष २०८३ ८४ को बजेट सेयरबजारको लागि हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ । त्यसो त बालेन नेतृत्वको सरकार बनेदेखि सेयरबजारको हरिबिजोग भइरहेको थियो । कतिपय लगानिकर्ताहरू आर्थिक वर्ष २०८३ ८४ को बजेट भाषण पर्खिरहेका थिए । बजेटले सेयरबजारको लागि केही सकारात्मक कुराहरू आउँछ कि भनेर तर लगानीकर्ताहरूले आशा गरे जस्तो बजेट आएन भन्दा पनि फरक नपर्ला । त्यसो त बजेट सेयरबजारको लागि नकारात्मक पनि थिएन भन्दा पनि फरक नपर्ला । तर पनि रास्वपाका विद्धान्अर्थमन्त्रीको नेतृत्वले बनाएको बजेट विगतको नै निरन्तरता जस्तो देखिएको छ । तर पनि सेयरबजारका लागि केही सकारात्मक पनि छन् भन्दा पनि फरक नपर्ला । यसपालिको बजेटले पुँजीगत लाभकरलाई नै अन्तिम करको रूपमा जनाउने व्यवस्था गरेको छ । यो सकारात्मक हो भने पनि पुँजीगत लाभकर बढाएको छ । ५ प्रतिशत लगाउँदै आएकोमा ७.५ प्रतिशत र ७.५ प्रतिशत लाग्दै आएकोमा १० प्रतिशत गरेको छ । त्यसैगरी एनआरएनहरूलाई सेयरबजारमा भित्र्याउने भनेको छ । यो विगतका सरकारहरू र बजेटमा पनि भन्दै आएका विषयहरू हुन् । यसमा नयाँ केही छैन तर यसपालिको बजेटमा सेयरबजारमा इन्ट्रा डे र सर्ट सेलिङ्ग र डेरिभेटिज जस्तो अन्तर्राष्ट्रिय अभ्यास सेयरबजारमा थालिने भनेका छन् । यसले सेयरबजारको दायरालाई बढाउँछ सेयरबजारको कारोबार बढाउँछ र बजारमा तरलताको अभाव हुन दिदैनौँ भनेर पनि भन्ने गरेका छन् सरोकावालाहरूले । त्यसैगरी नेपाल टेलिकमको सेयरमा ६६ प्रतिशत सरकारको स्वमित्वमा राखेर बाँकी ३४ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने भनेका छन् । यसले बजारमा सेयरको आपर्तिलाई बढाउँछ । सेयरको आपुर्ति बढेमा बजारले धान्न सक्दिैन र सेयरबजारमा नकारात्मक असरहरू पनि पर्ने देखिन्छ भने राष्ट्रिय बीमा संस्थानको सेयर पनि सर्वसाधारणमा जारी गने भनेर भनेका छन् । त्यसो त बैंक तथा वित्त कम्पनीहरूको मजैरले गर्दा सेयरको आपुर्ति बढी भएकोले बजारले गति लिन नसकिरहेको अवस्था छ । यसकारणले पनि नेपाल टेलिकम र राष्ट्रिय बीमा संस्थानको सेयर सर्वसाधारणमा जारीपछि बजारले धान्न सकिएला त ? त्यसो त बालेन सरकार आएदेखि सेयरबजारले गतिलिन सकिरहेको छैन । अहिले देशमा झण्डै दुइतिहाई नजिकको एकल बलियो स्थायी सरकार छ तर पनि सेयरबजार किन बढ्न सकिरहेका छैन त ? भन्ने आम लगानीकर्ताहरूको भनाइ रहेको छ ।
त्यसो त कतिपयको भनाइमा बैंकको ब्याजदरले सेयरबजारमा प्रभाव पार्ने गरेको बताउँछन् । भनिन्छ बैंकको ब्याज दर र सेयरबजारको अन्तरंग सम्बन्ध रहन्छ भनेर भन्ने गरेका छन् । बैंकको ब्याजदर बढे सेयरबजार घट्ने बैंकको ब्याजदर घटे सेयरबजार बढ्ने भन्ने पनि गरिन्छ । त्यसो हो भने अहिले बैंकको ब्याज दर घटिरहँदा पनि नेप्से बढ्न सकिरहेको छैन न कारोबार रकम नै बढ्न सकेको छ । । कतिपय बैंकहरूले त ब्याजदर एकल अंकमा झारिसकेका छन् । बैंकको ब्याज दर घटिरहँदा पनि नेप्से २७ सय २८ सय अंकको लाइनमा घुमिरहेको छ । नेप्सेले २९ सय अक पार गरेर बढ्न सकिरहेको छैन। पछिल्लो समयमा सेयर बजारको लागि रामै्र वातावरण बनिरहको छ । बैंकको ब्याजदर कम हुँदैछन् । बैंकमा तरलताको पनि अभाव नरहेको सरोकारवालाहरू बताउँछन् । देशमा एकल दुईतिहाइ नजिकको स्थिर सरकार छ तर पनि सेयरबजारले गतिलिन सकिरहेको छैन । किन बालेन सरकारलाई सेयरबजारले नपत्याएको हो ? सेयरबजारले पीएचडी वाला विदेशमा पढेका चर्चित अर्थविद् अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नपत्याएको हो ? कि त सेयरबजारक लगानीकर्ताहरूलाई अर्थमन्त्रीमा विष्णु पोडेल नै चाहिने हो कि भनेर व्यङ्ग्य पनि गर्ने गरेका छन् ? त्यसो त विष्णु पौडेल अर्थमन्त्री हुँदा सेयरबजार झकास नै थियो भन्दा पनि फरक नपर्ला । त्यासोे त पीएचडी होल्डरहरू अर्थमन्त्री हुँदा सेयरबजार राम्रो भने नभएको इतिहास छ । पीएचडी होल्डर बाबुराम भट्टराई अर्थमन्त्री हँुदा सेयरबजार लगभग ध्वस्त नै भएको थियो भन्दा पनि फरक नपर्ला । त्यस्तै डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा पनि सेयरबजारले गति लिन सकेन । अहिले डा. स्वर्णिम वाग्ले अर्थमन्त्री हुँदा पनि सेयरबजार त झन् घटिरहेको छ । त्यसो त पछिल्लो समयमा नेप्से मात्र होइन कारोबारको रकममासमेत गिरावट आइरहेको छ । त्यसो त सेयरबजार राम्रो हुनको लागि सरकार, अर्थमन्त्री केन्द्रीय बैंकको गभर्नर पनि सेयरबजारप्रति सकारात्मक हुनुपर्दछ । सरकार सेयरबजारमैत्री हुनुपर्छ भनेर जानकारहरू बताउँछन् ।
त्यसो त नेप्से कहिले बढ्छ त कहिले घट्छ सधैँ एकैनासको रहँदैन । सेयरबजार भनेको विष्णु भगवान्को चक्रजस्तै हो भनेर पनि भन्ने गरिन्छ । यो घुमिरहन्छ कहिले बियरिस मा त कहिले बुलिस ट्रेन्डमा सेयरबजार घटबढ नहुँदा लगानिकर्ताहरूले कसरी लाभ लिने त । यसकारणले पनि सेयरबजारमा उटार चढाब भई रहनेलाई सामान्य रूपमा लिन पर्ने हुन्छ । यो बजारको बिउटिनेस नै हो भन्दा पनि फरक नपर्ला । नेप्से ३२ सय अंकसम्म पुगेको पनि थियो भने १८ सय अंकमा ओर्लेको पनि थियो शायद नेप्से ३२ सय अंक पुगेको नेपालको सेयरबजारको इतिहासमा पहिलो नै हो भन्दा फरक नपर्ला । त्यसो त नेप्से धेरै बढेपछि नेपाल राष्ट्र बैंकले ब्रेक लगाउँछ भनेर पनि भन्ने गरेका छन् । त्यसो त नेप्से ३२ सय अक पार गर्दा धेरै लगानिकर्ताहरू सेयरबजारमा छिरेका थिए तिनीहरूको लागि चोक्ता खान गएको बुढी झोलैमा डुबेर मरी भन्ने उखान जस्तै भयो । नेप्से ३२ सय अंक रहँदा बजार छिरेका लगानीकर्ताहरूले अहिलेसम्म पनि आफ्नो पोर्टफोलियोको व्यवस्थापन गर्न सकिरहेका छैनन् ।
सेयरबजारको लागि अहिले को झण्डै दुईतिहाइ नजिकको बलियो स्थायी सरकार पनि सेयरबजारको लागि हात्ती आयो हात्ती आयो फुस्सा भइरहेको छ भन्दा पनि फरक नपार्ला । स्थायी सरकार भए सेयरबजार राम्रो हुने बताइरहेका भए पनि अहिले सेयरबजारले गति लिन सकिरहेको छैन । सेयरबजार सरकारमैत्री हुनुपर्छ । सरकारका अर्थमन्त्री सेयरबजारका नियामक निकायहरू सेयरबजारप्रति सकारात्मक भए मात्र सेयरबजारले गति लिन सक्छ भन्दा पनि फरक नपर्ला । त्यसो त कतिपय सेयरबजारका लगानीकर्ताहरू पनि सचेत नभएका हुन् कि भन्ने पनि देखिन्छ । सेयरबजारका लगानीकर्ता सेयरबजारप्रति जानकार सचेत र लगानीकर्ताहरूमा धैर्य गर्ने सक्ने हुनुपर्दछ ।