हिन्दू धार्मिक ग्रन्थहरूमा पृथ्वी थाल जस्तै चेप्टो र स्थिर रहेको छ। सम्पूर्ण ग्रह, उपग्रहहरूले पृथ्वीको परिक्रमा गर्दछन् । स्वयं सूर्य भगवान् ७ वटा घोडाहरूले तान्ने रथमा चढेर पृथ्वीको परिक्रमा गर्ने गर्दछन् । इसाइ किंवदन्तिमा बहादुर हक्र्युलसले आफ्नो दरो काँधमा पृथ्वीलाई थेगी राखेको छ । मिश्रवासीहरू पृथ्वी ठूलो चौपाटे बाकस जस्तो छ र त्यो बाकसको लामो र साँघुरो पीधको बीचमा मिश्र अवस्थित छ भन्ने विश्वास राख्दथे। बाकसको माथिल्लो भागमा अवस्थित आकाश देवताले धागोले बाँधेर असंख्य बत्तीहरू झुण्डाएका छन् र ती बत्तीहरू नै ताराहरू हुन् । आकाश देवताका केही बत्तीहरू साना ढुंगामा चढेर उताउति घुमिरहन्छन् र तिनै ग्रहहरू हुन् भन्ने उनीहरूको विश्वास थियो । अलग–अलग सभ्यता र धार्मिक विश्वास राख्नेहरूका बीच यस किसिमका अनेकौं सोचाइहरू राखिने गर्दथे। यिनीहरूको आधार तथ्य नभएर तर्कनाहरू थिए ।
ग्रिक खगोलशास्त्री निकोलस कोपरनिक्सले सन् १५४३ मा पहिलो पटक पृथ्वीका सम्बन्धमा वैज्ञानिक आधारमा धेरै तथ्यहरू प्रकाशमा ल्याए । कोपन्क्सिले त्यसबेलाको आम विश्वासको विपरित पृथ्वी सम्पूर्ण ग्रहहरूको केन्द्र होइन, यो पनि अन्य ग्रहहरू जस्तै एउटा ग्रह हो, अन्य ग्रहहरू जस्तै यो पनि सूर्यको वरिपरि वृत्ताकार कक्षमा घुम्ने गर्दछ, चन्द्रमा पृथ्वीको वरिपरि घुम्ने गर्छ, सूर्य एउटा तारा हो, ताराहरू पृथ्वीबाट अत्यन्त टाढा छन्, पृथ्वी आफ्नो अक्ष वरिपरि परिक्रमा गर्दछ र यसको कारण दिन र रात हुन्छ भन्ने कुरा ठोकुवा गरे। आफ्नो यस भनाइको कारण कोपनिक्सले त्यस बेलाको समाज र शासकद्वारा अपमानित र सजायको भागीसमेत हुनु पर्यो। तर पछि भएका वैज्ञानिक अनुसन्धानहरूले कोपनिक्सको भनाइ र खोजी सही थिए भन्ने तथ्यलाई झन् झन् धेरै प्रमाणहरूले पुष्टि गर्दै लग्यो ।
पृथ्वीको उत्पतिसम्बन्धी धार्मिक मान्यता र विश्वासहरू विज्ञानको विकास संगसंगै हराउँदै गए। यसको ठाउँ पृथ्वीको निर्माणसम्बन्धी वैज्ञानिक परिकल्पना र सिद्धान्तहरूले लिन थाले। अहिले पृथ्वीसम्बन्धी धेरै तथ्यहरू प्रमाणिक रुपमा जानकारीमा आइसकेका छन् । दूरवीन (टेलिस्कोप) को आविष्कार र खगोलशास्त्र एस्ट्रोनोमीको विकासले पृथ्वीका सम्बन्धमा विभिन्न सत्यहरू तथ्यका आधारमा प्रस्तुत गर्न सघाउ पु¥यायो । अन्तरिक्षमा भू उपग्रहको प्रक्षेपण, कार्यशालाको स्थापना, दूर संवेदन प्रविधिको विकास आदिले गर्दा अहिले पृथ्वी, हाम्रो सौर्यमण्डलका ग्रह उपग्रहहरू र सम्पूर्ण तारामण्डलका विषयमा नै वैज्ञानिक जानकारी प्राप्त गर्ने दिशामा क्रान्तिकारी परिवर्तन भएको छ । यति भएर पनि, पृथ्वीको उत्पति सम्बन्धमा एउटै सर्वमान्य सिद्धान्त प्रतिपादित भइसकेको छैन । यसमा विभिन्न विचार हरू पाइन्छन् । र, पृथ्वीको उत्पत्ति सम्बन्धमा अहिलेसम्म उपलब्ध तथ्य र जानकारीहरू अपूर्ण नै रहेका छन् ।
जर्मन दार्शनिक कान्ट र फ्रेन्च गणितज्ञ लाप्लासले बफनको झैं सौर्यमण्डल तातो पदार्थबाट बनेको हो भन्ने मत प्रकट गरे । उनीहरूका अनुसार यो तातो बाफको डल्लोबाट धेरै टुक्राहरू उछिट्टिए र यिनीहरू बिस्तारै चिसो हुँदै खँदिलो पिण्ड बने । यी पिण्डहरू ठूलो पिण्डको वरिपरि घुम्न थाले । यसरी विभिन्न ग्रह र सूर्यको अर्विभाव भयो । सौर्यमण्डलको उत्पत्तिसम्बन्धी यस परिकल्पनालाई ‘निहारिका परिकल्पना’ भनिन्छ । सौर्यमण्डलको उत्पत्ति बारेको अर्को परिकल्पनालाई ‘ज्वारसम्बन्धी परिकल्पना’ भनिन्छ । यस परिकल्पनाअनुसार सूर्य तातो बाफको डल्लो भएर घुमिरहेको बेला अर्को ठूलो ताराको असरमा परि केही भाग उछिट्टिएर विभिन्न ग्रह बनेको हुनुपर्दछ । आकाशगंगासम्बन्धी परिकल्पना अनुसार आकाशगंगामा भएका धूलकणहरू थुप्रिन गई सूर्य बन्यो र त्यसपछि यस्तै आकर्षण क्रियाबाट विभिन्न ग्रहहरू बनेको विश्वास गरिएको छ । यस अनुसार ब्रम्हाण्डमा वायु र धूलकणको विशाल समूह खुम्चिदै जाँदा सूर्य र विभिन्न ताराहरू बने । सूर्यको वरिपरि अझ बढी वायु तथा धूलकण, पानी र एमोनिया ग्यास जम्मा भई पृथ्वी तथा अन्य ग्रहहरू बने। यी प्रक्रियामा सहभागी नभएका वायु तथा धूलकणहरूले उपग्रह तथा उल्का बनाए। यस परिकल्पना अनुसार पृथ्वी सुरुदेखि नै ठोस तथा चिसो थियो । पृथ्वीमा भएका विभिन्न धूलकणहरूमा रेडियो सक्रिय तत्व पनि थिए । यी रेडियो सक्रिय वस्तुहरूको क्षयका कारण पृथ्वी झन् खुम्चन थाल्यो र त्यसबाट प्रशस्त शक्ति निस्कन थाल्यो ।
सौर्य मण्डलमा ग्रहहरू, सूर्य तथा अन्य ताराहरूको रासायनिक बनोटमा निकै समानता पाइन्छ । यसबाट तिनीहरूको उत्पत्ति एकै वस्तुबाट भएको हो भन्ने पुष्टि हुन्छ । सूर्यमा पाइने हिलियम र हाइड्रोजन ग्यासको अध्ययनबाट करिब ५ अर्ब वर्षअघि सूर्य उत्पत्ति भएको हुनु पर्छ भन्ने अनुमान गरिएको छ । पृथ्वीमा पाइने रेडियो सक्रिय वस्तुहरूको अध्ययनबाट पृथ्वीको उमेर करिब साढे चार अर्ब वर्ष भएको पुष्टि भएको छ । यसरी सूर्य तथा पृथ्वीको उत्पत्ति लगभग संगसंगै भएको अनुमान गरिएको छ । हाम्रो सौर्यमण्डलमा विभिन्न नौ ग्रहहरू छन् । नौ ग्रहमध्ये पृथ्वी एउटा हो । तर जीवित वस्तुहरूको निम्ति उपयुक्त वातावरण यस ग्रहमा मात्र विद्यमान छ। पृथ्वीको आकार तल–माथि केही चेप्टिई बीचमा फुकेको सुन्तला जस्तो छ । बनौटको आधारमा पृथ्वीलाई दुईभागमा बाँड्न सकिन्छ ।
क. बाह्यमण्डल
ख. भित्रीमण्डल
बाह्य मण्डल ।
सूर्यको तापक्रमको सहयोगबाट समुद्रको पानी बाफ बनेर उड्छ र माथि आकाशमा गएर पानी बनेर वर्षन्छ । यही पानी बग्दै समुद्रमा जम्मा हुन्छ । यसरी जलमण्डलमा तरल, ग्यास र ठोस रुप लिँदै जलचक सञ्चालन भइरहन्छ । जीवित वस्तु पाउन सकिने पृथ्वीको भागलाई जीवमण्डल भनिन्छ । सम्पूर्ण जलमण्डल, माथिल्लो भूमण्डल र वायुमण्डलको तल्लो भाग मिलेर जीवमण्डल बनेको छ । जीवमण्डलमा सूक्ष्म जीव, बोट विरुवा तथा जीवजन्तुहरू पर्दछन् । यी जीवहरू सामान्य वा जटिल, स्थल वा जलीय तथा उष्ण क्षेत्र वा शीत क्षेत्रमा पाइने किसिमका हुन सक्दछन् । जीवहरू समुद्रको पीधदेखि हिमालयको चुचुरोसम्म पाइन सक्दछन् । जीवहरूको आधारभूत एकाइ कार्बन हो । यसबाहेक अक्सिजन, हाइड्रोजन, नाइट्रोजन आदि पनि सूक्ष्म मात्रामा जीवहरूमा पाइने गर्दछ । बोट विरुवाहरू जीवमण्डलका उत्पादक ९एचयमगअभच० हुन् । यिनीहरूले उत्पादन गरेको खाद्यान्नमा नै अन्य सम्पूर्ण जीवहरूको जीवन आधारित छ ।
पृथ्वीको सतह तथा सो भन्दा मुनिको तहलाई भित्रीमण्डल भन्ने गरिन्छ । पृथ्वीको आन्तरिक बनौट बारे वैज्ञानिकहरू बीच मत–मतान्तर रहेको छ । पृथ्वीको भित्री भागमा ठोस, तरल वा ग्यास के छ भन्ने बारेमा पनि विवादको अन्तिम टुंगो लागिसकेको छैन । पृथ्वीको भित्रीमण्डलको तापमान गहिराइको आधारमा बढ्दै जान्छ । तापमानप्रति किलोमिटर ३० डिग्री सेन्टिग्रेडको दरमा वृद्धि हुने अनुमान गरिएको छ । यस्तै पृथ्वीको भित्रीमण्डलमा पर्ने दबाब पनि गहिराइको साथसाथै बढ्दै जान्छ । (लेखक भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) सह–प्राध्यापक, अर्थशास्त्री तथा अधिवक्ता हुन् ।)