काठमाडौं । शेयर बजार परिसुचक नेप्सेमा झिनो अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसुचक एक दशमलव ४६ अंकले ओरालो लागेर २७ दशमलव ६५ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १७ अंकले ओरालो लागेर चार सय ६३ दशमलव ८० बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५३ वटा कम्पनीहरुको ९० हजार आठ सय ६२ पटकको कारोबारमा ८१ लाख ३८ हजार चार सय ३३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ४४ करोड ६५ लाख २० हजार दुई सय ४७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा १३ वटा उपसमुहहरुको शेयर भएका छन् । जसमध्ये फाईनान्स, लघुवित्त र व्यापार उपसमुहको सुचक उकालो लागेकाछन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक खुम्चिएका छन् ।