काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन २६ दशमलव १६ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज बुधबार १४ दशमलव ४५ अंकले ओरालो लागेर २६ सय ६० दशमलव शुन्य दुई बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६० अंकले ओरालो लागेर चार सय ५८ दशमलव ८८ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३८ वटा कम्पनीहरुको ७२ हजार नौं सय १७ पटकको कारोबारमा एक करोड सात लाख ७७ हजार पाँच सय ८२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ४१ करोड ८६ लाख सात हजार चार सय ८६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र व्यापार उपसमुहको सुचक उकालो लागेकोमा बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक खुम्चिएका छन् ।