काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका अनुसार संस्थापक सेयरधनीको नाममा रहेको तीन लाख ८९ हजार दुई सय ५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
इच्छुक तथा योग्य विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विणामार्ग, दरवारमार्ग, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा यस सूचनाको प्रकाशन मिति समेत उल्लेख गरी गोप्य खामबन्दी शिलबन्दी निवेदन दिनुपर्ने छ । उल्लिखित मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानुनी व्यवस्था अनुसार उक्त सेयरहरू अन्य व्यक्ति/संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जानकारी दिएको छ ।