काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन १४ दशमलव ४५ अंकले खुम्चिएको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार पनि आठ दशमलव ५० अंकले ओरालो लागेर २६ सय ५१ दशमलव ५२ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६४ अंकले ओरालो लागेर चार सय ५८ दशमलव २३ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३८ वटा कम्पनीहरुको ४६ हजार सात सय ५१ पटकको कारोबारमा ६४ लाख ८० हजार पाँच सय ९९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम दुई अर्ब ८३ करोड ८२ लाख ७९ हजार चार सय ११ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक उपसमुहको सुचक सामान्य अंकले उकालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स , जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक पनि खुम्चिएका छन् ।