काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन: घटेको छ । अघिल्लो दिन आठ दशमलव ५० अंकले खुम्चिएको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि दुई अंकले ओरालो लागेर २६ सय ४९ दशमलव ५१ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५५ अंकले ओरालो लागेर चार सय ५७ दशमलव ६८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ५९ पटकको कारोबारमा ३९ हजार पाँच सय ४६ पटकको कारोबारमा ७७ लाख २७ हजार छ सय ४९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ९४ करोड ५८ लाख चार हजार पाँच सय ५२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् ।