काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलका मामाभान्जा दुवै जना भ्रष्टाचारको आरोपमा जेलमा पुगेका छन् । पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारको पालामा स्याङ्जामा जन्मिएका पौडेलले ऋषिराज लुम्साली आयोगको सिफारिसमा बुटवलमा सुकुमबासीको नाममा जग्गा पाएका थिए ।
बिचौलिया सोमेन्द्रजंग थापा, कुख्यात बिचौलिय दीपक भट्टलगायतका बिचौलियासँग स्वार्थको साझेदारी गरेर रातारात धनी बनेका पौडेल भट्टमार्फत श्रीराम टोवाको कम्पनीको २० प्रतिशत सेयर लिएको भनी कम्पनीका आधारमा सम्पत्ति शुद्धीकरण विभागको बयानको आधारमा सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेर हिरासतमा राखेका बेला उनका भान्जा नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम पोखरा विमानस्थल निर्माण गर्दा छ करोड ७३ लाख ९९ हजार छ सय ४८ रुपैयाँ भ्रष्टाचार गरेको ठहरपछि जेल चलान भएका छन् । भ्रष्टाचार गरेको आरोप लागेका पौडेल र भ्रष्टाचार गरेको ठहरपछि जेल चलान भएका गौतम नाताले मामाभान्जा हुन् ।