काठमाडौं, शेयर बजार परिसुचक नेप्से उच्च अंकले ओरालो लागेको छ । अघिल्लो दिन १६ दशमलव ५४ अंकले अंकले खुम्चिएको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज मंगलबार २४ दशमलव ६३ अंकले ओरालो लागेर २६ सय आठ दशमलव ३३ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य चार अंकले ओरालो लागेर चार सय ५२ दशमलव ७९ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ६५ वटा कम्पनीहरुको ७९ हजार दुई सय ८६ पटकको कारोबारमा ८७ लाख ३७ हजार तीन सय ९२ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
सोही खरिद बिक्रीका आधारमा कुुल कारोबार रकम तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैंयाँ कायम भएको छ ।धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक खुम्चिएर शेयर बजार राताम्मै देखिएको छ ।