हाम्रो देश प्रथम विश्वयुद्धमा होस् या दोश्रो विश्वयुद्धमा होस्, आफ्नो वीरता देखाएर कुनै पनि शक्तिसँग हार खानु परेन स्वतन्त्र र सार्वभौमिकता भई रह्यो । यति मात्रै ऐतिहासिक रुपमा भन्ने हो भने हिमवत खण्डको केन्द्रविन्दु नेपाल जसलाई खस साम्राज्यले विश्वका शक्तिशाली मुलुकहरूलाई आफ्नो कब्जामा लिएको इतिहास कतै लुकेको छैन । यसैले आजको नेपाल कुनै पनि शक्ति र देशको औपनिवेसिक भएन, स्वतन्त्र र सार्वभौमिकता रहिरह्यो । प्रथम विश्वयुद्ध र दोश्रो विश्वयुद्धमा नाम निशान नै समाप्त भएका मुलुकहरू आज शक्तिशाली सम्पन्न भएका छन् । कोही जापानी साम्राज्यवादका अण्डरमा थिए । कोही जर्मनीको उपनिवेश रहेका थिए भने कोही बेलायतको उपनिवेश थिए । बेलायती साम्राज्यवादका उपनिवेशमा बसेका मुलुकहरूमध्ये भारत आज दक्षिण एसियामा नै आफ्नो प्रभुत्व जमाउने काममा अग्रसर भएको छ । अरु विश्वका थुप्रै देशहरू आज शक्तिशाली र सु—सम्पन्न छन् । तर ऐतिहासिक कालदेखि हालसम्म कसैको उपनिवेशमा नरहेको यो मुलुक किन आज हरक्षेत्रमा परर्निभर तिर धकलिँदै छ ? दुर्भाग्यवस हिमालयको काँख अवस्थित यो देश आज संसारकै गरिब, परिनिर्भतामा बाँच्न विभस भएको छ । यसमा पनि नेपालको राज्य सञ्चालकहरू राष्ट्र बनाउन भन्दा पनि आफू कसरी बन्ने होडबाजीले गर्दा मुलुकको विकास निर्माण र राष्ट्रिय उद्योग धन्दा विकासमा शून्यता छाएको छ । परनिर्भरता अर्थतन्त्र र राजनैतिक भिजनले मुलुकको राष्ट्रिय अस्तित्वसमेत ओझेल पर्ने प्रवल सम्भावना देखिँदैछ । त्यसैले यो राष्ट्रको चौतर्फी उन्नति, प्रगति, समृद्धिशाली बनाउन बीर नेपालीहरू एकपटक सामूहिक रुपमा एकजुट नितान्त आवश्यक भइसकेको छ । देशको राज्यव्यवस्था फेरवदल हुन नयाँ कुरा होइन, काले गए गोरे आउँछ, तर राष्ट्रलाई बलियो पार्ने राष्ट्रिय नीति, नियम र निकायहरू नै कमजोर अवस्था पुग्नुले पनि देशको अवस्था जर्जर हुँदैछ । यसका पछाडि हाम्रो देशका सामारिक महत्व र भू—राजनीतिकले पनि आज विश्वका शक्तिशाली मुलुकहरूको प्रयोगशाला बन्दैछ ।
छिमेकीहरूले जे चाहे त्यही हुँदै जानु देशको आन्तरिक स्थिति बिग्रँदै जानु, यति मात्रै होइन विभिन्न मुलुकका गैरसरकारी संस्था र दातृ निकायहरूले असफल राष्ट्र बनाउन नेपालमा अनेकौँ वितृष्णाहरू पैदा गर्नुले यो देशको राष्ट्रियता, स्वाधिनतामाथि नै खतरा उत्पन्न हुने देखिँदैछ । यसमा विशेष रुपमा गरेर बेलायती उपनिवेशमा रहेको र बीर गोर्खालीहरूले स्वतन्त्र बनाइदिएको मुलुकबाट विशेष रुपमा यो देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक हस्तक्षेप भइरहेको छ । यसमा हालका राजनैतिक नेतृत्व एवं राजनैतिक दलहरूको भूमिका पनि उनीहरूकै पछि लागेको घाम जस्तै छर्लङ्गै देखिँदैछ । यसर्थ, मुलुकमा राजनीतिक परिवर्तन नेपाली जनताको चाहना हो । त्यो चाहानालाई कदाकदा दक्षिणको नै हात रहेको भन्ने आइरहन्छ र नेपालका परिवर्तनकारी भन्ने नेताहरूबाट नेपालको हितविपरीत सन्धि सम्झौता गरिहाल्ने वातावरण सिर्जना गरिदिन्छ र हाम्रा नेता भनौदाहरूले आँखा चिम्लेर हस्ताक्षर गर्छन । राजनैतिक परिवर्तन यदि मुलुकका राष्ट्रिय स्वाधिनताको रक्षाका लागि, जनताका आधारभूत आवश्यकता परिपूर्तिका लागि, नेपाली जनताको जनचाहाना अनुसार राज्य व्यवस्था पद्धतिको लागि, नेपाललाई आत्मनिर्भर र राष्ट्रिय पुँजी एवम् उद्योगधन्दाको विकासको लागि हुनुपर्दछ । तर देशमा भएका सबै स्रोत र साधन बुझाउने बहुराष्ट्रिय कम्पनी निम्त्याएर देशका कंगाल बनाउने परिवर्तन नेपाली जनताले चाहेका होइनन् । व्यक्तिहरूलाई मोटाउने जनता दुब्लाउने राष्ट्रको दिर्घकालिन असर पर्ने सन्धीसम्झौता गर्न लगाउने नेपाली जनताले नेता मागेका होइनन् । यो त भारतीय नेता स्व. नेरुको पालादेखिको योजनाअनुसार नेपाललाई सिक्किम बनाउने गुरुयोजनामा नेपालका नेता गणहरूलाई त्यो योजनामा पछि दौडाउने र आफ्नो एजेन्ड बनाउँदै जाने उनीहरूको योजना मुताबिक सत्यता हो भन्ने कुरा अहिले देखिरहेको नेपालको राजनीतिक, आर्थिक, सामाजिक, क्षेत्रको परर्निभरता र भारतले जे गरे पनि नेपाली नेताहरूले चुप लागेर बस्नु भनेको नै स्वर्गीय नेरुको योजना मुताबिक नै नेपाली नेताहरूले पनि काम गर्दैछन् भन्ने कुरा देखाउँदैछ । अब यो राष्ट्र बचाउन आम नेपालीहरूको एकताको खाँचो छ । हामी हाल आन्तरिक रुपमा उत्पीडन वा उपेक्षितमा परे पनि हामी आन्तरिक रुपमा धार्मिक, सांस्कृतिक, राजनैतिक एवं प्रशासनिक क्षेत्रमा विभेदमा परे पनि हामी सबै क्षेत्र वर्ग र जातिका समूदायले एउटा राष्ट्रिय स्वाधिनताको लडाइँमा हातेमालो गर्न जरुरी छ । हाम्रो छिमेकी राष्ट्रहरू छिमेकी भूमि र मित्रता देखाएको भए छिमेकीको विकासगति धेरै अघि बढेको छ । हामी किन पछाडी पर्यौं ? त्यसमा हामी गम्भीर हुनुपर्दछ । के हामी दुई विशाल देशका बार (वाल) मात्रै हौँ ? या दुई ढुङ्गाका तरुण हौँ ? हामी त दुई विशाल छिमेकी मुलुक बीचका मित्र हौँ । मित्रलाई मित्रता व्यवहार गरौँ । यदि छिमेकीले हामीलाई मित्रताको व्यवहार गरेका छन् त ? सवाल यो । उनीहरू आफ्ना रुचीमा हामीलाई प्रयोग गर्ने उनीहरूको नियत मात्र हो, हामी के चाहान्छौँ ? त्यसमा हामीलाई सहयोग गर्ने हो तर उनीहरू के चाहान्छन् ? त्यसमा हामीले आँखा चिम्लेर हस्ताक्षर या समर्थन गर्नुपर्ने केही बाध्यता छ त ? हाम्रो परिवर्तन त हामी नेपाली जनताले पो ल्याएका हौँ । नेपाली जनताको बलिदानी र योगदानलाई भुलेर उनीहरू जे भने र त्यो राज्य सञ्चालक र नेतृत्व वर्गले आँखा चिम्लेर समर्थन गर्ने हो त ? यसर्थ के क्यूवा धेरै ठूलो देश छ त ? विश्वभरि छत्र छायाँ पारेको अमेरिकासँग ऊ झुकेको छ त ? आज संसारलाई च्यालेन्ज दिँदैछ । उत्तरकोरियाले कुनै पनि देशसँग उ झुकेको छ त ? संसारलाई धम्की दिइरहेको छ । के उ पनि ठूलै देश हो त ? त्यसैले ठूला शक्ति हुँदैमा उनीहरूसँग डराउनुपर्ने त होइन । यसैले लोभ, लालच र आर्थिक लाभमा देशलाई उनीहरू निर्देशित अवस्थामा हिँडाल्ने काम गर्ने शासक र नेतृत्वलाई अब नेपालीले सजाय दिने कि नदिने ? एउटा परिवर्तनको नाम नेपालको स्रोत भेटी चढाउने दलाल शासकबाट होसियार हुने कि नहुने, यसैले हालसम्मका यी सबै नेता एवं प्रमुख यहाँका ब्यूरोक्राइसहरू कहाँबाट सञ्चालित छन् । यिनीहरूको खोजी नीति गर्नुपर्ने काम अव नेपाली जनताले गर्नुपर्दछ । वर्तमान राजनीतिक दलका कार्यकर्ताहरूले पनि आफ्नो नेता कहाँ कहाँबाट सञ्चालित छ ? देशलाई कता धकेल्दै छ ? त्यस पार्टीका कार्यकर्ताहरूले खोजी गर्नुपर्दछ र सार्वजनिक नङ्ग्याउनु पर्दछ । त्यसैले हामी सचेत नेपालीहरूले राष्ट्रिय स्वाधिनताका लागि आफ्ना व्यक्तिगत झिनामसिना कुराहरूलाई एउटा कुनामा राखेर समग्र देशको हितको निम्ति एकजुट हुनु आवश्यक छ । अन्यथा यस्तै अवस्थामा स्वयम् हामी नागरिकहरूले चुप लागेर बस्यौँ भने एकादेशको कहानी भएर हामी समेतको अस्त्वि खत्तम हुनेछ । त्यसैले विश्वको इतिहासमा शासकहरू कहिल्यै राष्ट्रवादी हुँदैनन् । सत्ता टेकाउनका लािग र सत्तामा जानका लागि कुनै न कुनै राष्ट्रहित विपरित काम गरेका हुन्छन् । तर जनता भने जहिले कहिले राष्ट्र प्रेम, देश प्रेम प्रति वफादारी हुन्छन् । यसैले अबका दलाल र देशलाई अरुकै भरमा सञ्चालन गराउन खोज्ने एजेन्डहरूलाई खोजी खोजी सार्वजनिक रुपमा बहिष्कार गरौँ । यसैमा सबै नेपाली जनताको कल्याण छ, देश बन्छ, राष्ट्रिय स्वाधिनताको आन्दोलनबाट आएको जनताको छोरोले नै देश हाक्न सक्दछ र कहिलेको एकाइसौं शताब्दी पुँजीको हो । राष्ट्रिय पुँजीको विकास र राष्ट्रिय उद्योग पतिलाई विकार गर्नु राज्य र राष्ट्रको अहम् दायित्व हुन्छ । विडम्बना हाम्रो देशमा राष्ट्रिय उद्योग पतिहरूलाई पन्छाएर बहुराष्ट्रिय कम्पनिहरूलाई निम्त्याएर देशको आर्थिक परनिभरता बनाउने राजनितिक नेतृत्व र राज्य सञ्चालन गर्ने गलत नियत र प्रवृति भएकाहरूले प्रकृतिले हामीलाई सबै प्रकारको बरदान दिएको मुलुकलाई नर्क बनाउने काम भएको छ । अब नेपाली जनताहरूले आफ्नो गौरवमय इतिहासलाई खोज्ने काम गर्नु उपयुक्त होला ।