काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गतिमा सरकारले काम गरिरहेको बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २५औँ वार्षिकोत्सव कार्यक्रममा उपाध्यक्ष भट्टले सुस्तायको आर्थिक अवस्थालाई चलायमान बनाउँदै ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने योजनाका साथ काम गरिरहेको बताएका हुन् । वर्तमान सरकारले निजी क्षेत्र र सहकारी क्षेत्रलाई पनि संगसंगै लिएर आर्थिक सवलिकणका कार्यक्रमलाई बढाव दिँदै जाने उनको भनाइ छ । नेपालको गरिबी निवारण र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने विषयमा लघुवित्तले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । देशको समग्र आर्थिक अवस्था सुधारमा साना किसानहरुको भूमिका महत्वपूर्ण रहने भन्दै उनले यसतर्फ सरकारले विशेष प्रकारका कार्यक्रम अगाडि बढाउने बताए । साना किसानहरुको उत्थानबाट मात्रै देशमा गरिबी निवारणसहित आर्थिक सामाजिक रुपान्तण गर्न सकिने उनको भनाइ छ ।