काठमाडौं । रुपन्देहीको तिलोत्तमा–१३, कोटिहवास्थित टाइगर फरेस्ट होटल प्रालिले मनसुन लक्षित विशेष आवास तथा आतिथ्य प्याकेज सार्वजनिक गरेको छ ।
होटलले सीमित अवधिका लागि लागू हुने उक्त प्याकेजमार्फत आवास, भोजन, स्पा र अन्य सेवा एकै स्थानमा उपलब्ध गराउने जनाएको छ । होटलका अनुसार प्याकेजमा सहभागी हुन न्यूनतम दुई जना आवश्यक पर्नेछन् । प्रति व्यक्ति ३ हजार ५०० रुपैयाँमा लक्जरी भिल्लामा एक रातको बसाइ, एक छाक भोजन, बिहानको नास्ता, प्रति व्यक्ति एक बोतल बियर तथा स्पा सेवा समावेश गरिएको छ । होटल व्यवस्थापनले वर्षायाममा छोटो बिदा, पारिवारिक भेटघाट, हनिमुन, विवाह वार्षिकोत्सव, जन्मदिन तथा साथीभाइसँगको जमघटका लागि प्याकेज तयार गरिएको जनाएको छ । प्राकृतिक वातावरणसँग आधुनिक सुविधा संयोजन गरी पाहुनालाई आरामदायी अनुभव प्रदान गर्ने उद्देश्य रहेको जनाइएको छ । यसैबीच, होटल परिसरमा सञ्चालित चौपारी रेस्टुरेन्टले पनि विशेष अफर सार्वजनिक गरेको छ । होटलका अनुसार २ हजार रुपैयाँमा स्थानीय कुखुराबाट तयार गरिएका चार प्रकारका परिकार उपलब्ध गराइनेछ भने उक्त मूल्यमा परिकार तयार गर्ने सेवा शुल्कसमेत समावेश गरिएको छ । होटल व्यवस्थापनले मनसुन प्याकेज र रेस्टुरेन्ट अफर सीमित अवधिका लागि मात्र सञ्चालन हुने जानकारी दिँदै इच्छुक ग्राहकलाई अग्रिम बुकिङ गर्न आग्रह गरेको छ ।