काठमाडौं । बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको छ । सीआईबीका एसएसपी अनुपमशम्शेर जबराले तीन जनालाई पक्राउ गरेको भनिए पनि पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।