कतिपय लगानीकर्ताहरूको भनाइमा बालेन नेतृत्वको सरकार आएपछि देशमा भएको एक मात्र सेयरबजार ध्वस्त हुने खतरामा रहेको बताउँछन् । त्यसो त बालेन सरकार आएपछि सेयरबजार ओरालो लागेको हो भन्दा पनि फरक नपर्ला । कतिपयले यसको कारण बालेन सरकारलार्ई भनेका छन् भने कतिपयले यसमा सरकारको दोष छैन भनेर पनि केही सरकारका भक्तहरूले भन्ने गरेका छन् । खासगरी लगानीकर्ताहरू भने अर्थमन्त्रीमाथि खनिएका छन् सेयरबजारको अवस्थालार्ई देखेर । सेयरबजार ओरालो लागे यता पनि अर्थमन्त्रीले चासो देखाएनन् भनेर अर्थमन्त्रीमाथि आक्रोस पोख्ने गरेका छन् । त्यसो त कतिपय असभ्य भाषामा भन्नुपर्दा झोले भनिने केही लगानीकर्ताहरू भने सरकार र अर्थमन्त्रीको बचाउ गरिरहेका छन् । तर रास्वपाको बालेन नेतृत्वको सरकार आएपछि सेयरबजार ओरालो लागेको सत्य हो यसमा दुई मत छैन । यसको कारण सरकारले खोज्नुपर्ने हो तर सरकार कानमा तेल हालेर आाखा चिम्लेर बसिरहेको छ । सेयरबजारले अर्बाँै रुपैयाँ लाभ करको रुपमा सरकारलार्ई राजस्व बुझाउँदै आइरहेका छन् । यस्तो बजार ध्वस्त हुने खतरा मडारिरहेको बेला पनि सरकार मौन बस्नु भनेको सरकारको अकर्मन्यता हो भन्दा पनि फरक नपर्ला । पँुजी बजारले देशको लागि आवश्यक पँुजी को जोहो गरिदिन्छ भन्ने कुरा त सरकारलार्ई थाहा हुनपर्छ । ओरालो लागेको सेयरबजारलाई बजेट र मौद्रिक नीतिले पनि उँभो लगाउन सकेन मौद्रिक नीति जारी भएको भोली नेप्से झण्डै ३१ अंकले घट्यो । ओरालो लागेको सेयरबजारलाई न डा. अर्थमन्त्रीले बचाउन सकेका छन् न आर्थिक वर्षको बजेटले न मौद्रिक नीतिले नै । आर्थिक वर्ष २०८३ ८४ को बजेट र मौद्रिक नीति सेयरबजारको लागि हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ । त्यसो त बालेन नेतृत्वको सरकार बनेदेखि सेयरबजारको हरि बिजोग भइरहेको थियो । तर पनि सेयरबजारका लागि बजेट र मौद्रिक नीति केही सकारात्मक पनि छन् भन्दा पनि फरक नपर्ला । यसपालिको बजेटले पुँजीगत लाभकरलाई नै अन्तिम करको रुपमा जनाउने व्यवस्था गरेको छ, यो सकारात्मक हो । त्यसैगरी एनआरएनहरूलाई सेयरबजारमा भित्र्याउने भनेको छ । यो विगतका सरकारहरू र बजेटमा पनि भन्दै आएका विषयहरू हुन् यसमा नयाँ केही छैन । तर यसपालिको बजेटमा सेयरबजारमा इन्ट्रा डे र सर्ट सेलिङ्ग र डेरिभेटिज जस्तो अन्तराष्ट्रिय अभ्यास सेयरबजारमा थपिने भनेका छन् । यसले सेयरबजारको दायरालाई बढाउँछ, सेयरबजारको कारोबार बढाउँछ र बजारमा तरलताको अभाव हर्न दिँदैन भनेर पनि भन्ने गरेका छन् सरोकावालाहरूले । त्यसैगरी नेपाल टेलिकमको सेयरमा ६६ प्रतिशत सरकारको स्वमित्वमा राखेर बाँकी ३४ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने भनेका छन् । यसले बजारमा सेयरको आपुर्तिलाई बढाउँछ । सेयरको आपुर्ति बढेमा बजारले धान्न सकिँदैन र सेयरबजारमा नकारात्मक असरहरू पनि पर्ने देखिन्छ भने राष्ट्रिय बीमा संस्थानको सेयर पनि सर्वसाधारणमा जारी गर्ने भनेर भनेका छन् । त्यसो त बैंक तथा वित्त कम्पनीहरूको मजैरले गर्दा सेयरको आपुर्ति बढी भएकोले बजारले गति लिन नसकिरहेको अवस्था छ । यस कारणले पनि नेपाल टेलिकम र राष्ट्रिय बीमा संस्थानको सेयर सर्वसाधारणमा जारीपछि बजारले धान्न सकिएला त ? त्यसो त बालेन सरकार आएदेखि सेयरबजारले गति लिन सकिरहेको छैन । अहिले देशमा झण्डै दुईतिहाइ नजिकको एकल बलियो स्थायी सरकार छ तर पनि सेयरबजार किन बढ्न सकिरहेको छैन त ? भन्ने आम लगानीकर्ताहरूको भनाइ रहेको छ ।
त्यसो त कतिपयको विश्लेषण सेयरबजारका विज्ञहरू र केही सेयरबजारका लगानीकर्ताहरूको भनाइमा बैंकको ब्याजदर घटेपछि सेयरबजार बढ्छ, देशमा स्थायी सरकार भएपछि सेयरबजार बढ्छ भन्ने भनाइ रहेका छन् । तर पछिल्लो समयमा यस्ता भनाइहरूलाई सेयरबजारले गलत साबित गरिदिएका छन् । बैंकको ब्याजदर र सेयरबजारको अन्तरसम्बन्ध रहन्छ भनेर भन्ने गरेका छन् । बैंकको ब्याजदर बढे सेयरबजार घट्ने बैंकको ब्याजदर घटे सेयरबजार बढ्ने भन्ने पनि गरिन्छ । त्यसो हो भने अहिले बैंकको ब्याजदर घटिरहँदा बैंकमा तरलताको अभाव नरहँदा र स्थायी सरकार रहँदा पनि नेप्से बढ्न सकिरहेको छैन न कारोबार रकम नै बढ्न सकेको छ । यसको कारण सरकारले खोज्नुपर्ने भएको छ । कतिपय बैंकहरूले त ब्याजदर एकल अंकमा झारिसकेका छन् । बैंकको ब्याजदर घटिरहँदा पनि नेप्से किन ओरालो लागिरहेको छ त ! पछिल्लो समयमा सेयर बजारको लागि रामै्र वातावरण बनिरहेको छ । बैकको ब्याजदर कम हुदैछन बैंकमा तरलताको पनि अभाव नरहेको सरोकारवालाहरू बताउँछन् । देशमा एकल दुईतिहाइ नजिकको स्थिर सरकार छ तर पनि सेयरबजारले गति लिन सकिरहेक छैन । किन बालेन सरकारलाई सेयरबजारले नपत्याएको हो । सेयरबजारले पीएचडिवाला विदेशमा पढेका चर्चित अर्थविद् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नपत्याएकै हो त ! सेयरबजार लगानीकर्ताहरूलाई अर्थमन्त्रीमा विष्णु पोडेल नै चाहिने हो कि भनेर व्यङ्ग्य पनि गर्ने गरेका छन् ? त्यसो त विष्णु पौडेल अर्थमन्त्री हुँदा सेयरबजार झक्काँस नै थियो भन्दा पनि फरक नपर्ला । त्यासोे त पीएचडी होल्डरहरू अर्थमन्त्री हुँदा सेयरबजार राम्रो भने नभएको इतिहास छ । पीएचडी होल्डर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सेयरबजार लगभग ध्वस्त नै भएको थियो भन्दा पनि फरक नपर्ला । त्यस्तै डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा पनि सेयरबजारले गति लिन सकेन अहिले डा. स्वर्णिम वाग्ले अर्थमन्त्री हुँदा पनि सेयरबजार त झन् घटिरहेकै छ । त्यसो त पछिल्लो समयमा नेप्से मात्र होइन कारोबारको रकममा समेत गिरावट आइरहेको छ । त्यसो त सेयरबजार राम्रो हुनको लागि सरकार, अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नर पनि सेयरबजारप्रति सकारात्मक हुनपर्दछ । सरकार सेयरबजार मैत्री हुनुपर्छ भनेर जानकारहरू बताउँछन् ।
सेयरबजारको लागि अहिलेको झण्डै दुईतिहाइ नजिकको बलियो स्थायी सरकार पनि सेयरबजारको लागि हात्ती आयो हात्ती आयो फुस्सा भइरहेको छ भन्दा पनि फरक नपार्ला । स्थायी सरकार भए सेयरबजार राम्रो हने बताइरहेका भए पनि अहिले सेयरबजारले गति लिन सकिरहेको छैन । सेयर बजार सरकार मैत्री हुनुपर्छ । सरकार अर्थमन्त्री सेयरबजारका नियामक निकायहरू सेयरबजारप्रति सकारात्मक भए मात्र सेयरबजारले गति लिन सक्दछ भन्दा पनि फरक नपर्ला । सेयर बजारको लागि अनुकूल वातावरण भइरहँदा पनि सेयरबजारका लागानीकर्ताहरूको मनोबल बढ्न नसक्नु लगानीकर्ताहरू त्रासमा रहनु लगानीको वातावरण नबन्नु, नेप्से घटिरहँनु आदिको कारण सरकारले खोज्नुपर्ने बेला भएको छ । त्यसो त कतिपय सेयरबजारका लगानीकर्ताहरू पनि सचेत नभएका हुन् कि भन्ने पनि देखिन्छ । सेयरबजारका लगानीकर्ता सेयरबजारप्रति जानकार सचेत र लगानीकर्ताहरूमा धैर्य गर्ने सक्ने हुनु पर्दछ ।