फिफा विश्वकपको सेमिफाइनलमा गएराति इङ्ग्ल्यान्डलाई हराएर फाइनलमा पुगेको अर्जेन्टिनाको फुटबल टोली विवादमा परेको छ।
बीबीसीका अनुसार जितपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमा ब्यानर प्रदर्शन गरेका थिए, जसलाई फिफाको नियम उल्लंघन भनिएको छ।
खेलपछि खेलाडीहरूले प्रदर्शन गरेको ब्यानरमा लेखिएको थियो, ‘माल्भिनास ९जसलाई फकल्यान्ड द्वीप भनेर पनि चिनिन्छ० अर्जेन्टिनाको हो।’जसलाई राजनीतिक अभिव्यक्तिका रूपमा हेरिएको छ।
दक्षिण एट्लान्टिक महासागरमा अवस्थित फकल्यान्ड द्वीप बेलायतको नियन्त्रणमा छ भने यसमा अर्जेन्टिनाले पनि दाबी गर्छ र ‘माल्भिनास’ भनेर सम्बोधन गर्छ। यो विवादले १९८२ मा दुई देशबिच युद्धसमेत भएको थियो।
अन्तर्राष्ट्रिय फुटबल संगठन फिफा र अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड ९आईएफएबी० को नियमअनुसार खेल मैदानमा कुनै पनि राजनीतिक नारा, कथन वा प्रतीक प्रदर्शन गर्न पाइँदैन।
यस्तो अवस्थामा यो विवादास्पद ब्यानर प्रदर्शन गरेकामा अर्जेन्टिनी फुटबल टोलीलाई फिफाद्वारा अनुशासनात्मक कारबाही वा जरिवाना गर्ने सम्भावना छ। यसको आधारमा समाचार सम्पादन गरेर राम्रो शिर्षक राखेर राम्रो समाचार बनाउ