काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ३५ लाख ३३ हजार आठ सय ७३ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले तीन करोड ३५ लाख १९ हजार आठ सय ९९ रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी १४ करोड ८५ लाख ७६ हजार रुपैयाँ रहेको छ । संस्थाले चालू आवको तेस्रो त्रैमासमा दुई अर्ब ८१ करोड २५ लाख २० हजार सात सय ३४ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २८ करोड एक लाख एक हजार नौ सय ९१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड १५ लाख २५ हजार नौ सय ६३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १९ दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा दुई अर्ब ६६ करोड ३९ लाख ७९ हजार चार सय ९१ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २४ करोड १९ लाख १४ हजार पाँच सय दुई रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड २७ लाख ७७ हजार आठ सय ९१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १५ दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।