काठमाडौं । केबीएनआर इस्वा पावरको सेयरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको एक करोड १९ लाख थान साधारण सेयरको प्रति सेयर अंकित मूल्य एक सय रुपैयाँका दरले कुल एक अर्ब १९ करोड रुपैयाँको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटललाई नियुक्त गरिएको हो । क्यापिटल र केबीएनआर इस्वा पावर कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्बन्धी सम्झौतामा विधिवत् रुपमा हस्ताक्षर भएको छ ।
कम्पनीका अनुसार काठमाडौंमा आयोजित एक समारोहबीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र केबीएनआर इस्वा पावर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले सेयर प्रत्याभुति गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।