इनरुवा (सुनसरी) । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी रहनुका साथै नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको जानकारी दिए ।
कोशी ब्यारेजका ५२ वटा मूल ढोका र चार वटा नहर गरी ५६ वटा ढोका रहेका छन् । जसमध्ये अहिले कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ ।
कोसी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको सङ्केतस्वरूप रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
पूर्वी पहाडी तथा तराई क्षेत्रमा असार, साउन र भदौ महिनामा हुने वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढ्ने गर्दछ । सप्तकोसीमा पनि बहाव बढ्ने र नदी आसपासका क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ्ने गरेको छ । सुक्खा मौसममा शान्त देखिने सप्तकोसी वर्षायाम सुरु भएसँगै उग्र रूप लिने भएकाले यस नदीमा नेपालसहित भारतका विभिन्न क्षेत्रको समेत ध्यान जाने गरेको छ ।
सप्तकोसीमा सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी, तमोर, अरुण र इन्द्रावती नदीको पानी मिसिन्छ । वर्षायाममा पानीले भरिने सप्तकोसी सुख्खा समयमा भने धेरै स्थानमा बालुवाले भरिएको देखिन्छ ।